- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजआगलागी पीडित खुल्ला आकासमुनि

आगलागी पीडित खुल्ला आकासमुनि

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १७ बैशाख । माया सेन ठकुरी मंगलबार दिउँसो सामुदायिक वनमा फैलिएको आगो निभाउन गइन् । वनमा लागेको आगोले गाउँमा क्षति नपु¥याओस् भनेर उनीसहित पिराले गाउँका सबै स्थानीय वनको आगो निभाउन गए तर एकातिर आगो निभाउँदै गर्दा अर्कोतिर फैलिएको आगोले एकैछिनमा गाउँ नै सखाप पा¥यो । बस्ने घरबास नै आगोले सखाप पारेपछि अहिले ३२ घरपरिवार घरबासबिहीन छन् ।

मगंलबार आगोले घर सबै नष्ट गरेपछि सानो छोरासँगै खुल्ला आकासमा रात बिताउन बाध्य भएको आगलागी पीडित बताइन् । ‘गाउँ नै आगोले सबै जलेर नष्ट भएपछि कसको घरमा शरण लिनु र, अब खुल्ला आकाशमा बस्न बाध्य छौँ’ उनले भनिन्– ‘आगोले घरमा रहेका सबै अन्नपात जलेर नष्ट भएको छ, शरीरका कपडाबाहेक अरू केही बचाउन सकेनौँ ।’ आर्थिक अवस्था निकै कमजोर अवस्थामा रहेको मायाको परिवार अहिले बिचल्लीमा छन् ।

‘श्रीमानको भर्खर केही समय अघिमात्रै किड्नीमा पत्थरी परेका कारण अपरेसन गर्नुभएको छ, उहाँले कमाउन सक्ने अवस्था छैन्’ मायाले भनिन्– ‘कोरोना महामारी आएको छ, अहिले कमाई गर्ने अवस्था पनि छैन्, त्यसैमाथि घरमा भएको अन्नपात पनि जलेर नष्ट भएपछि अब के गर्ने ?’

आगोले घर जलेपछि गाउँपालिका तथा रेडक्रसबाट केही सामान्यरूपमा राहत पाएपनि पर्याप्त नभएको अर्का आगलागी पीडित अर्जुन विकले बताए । ‘मंगलबार आगलागी भएपछि बुधबार चाउचाउ, बिस्कुटसहित चामल पनि पाएका छौँ तर अब त्यो कहिलेसम्मलाई हुन्छ भन्ने नै हो ।’ उनले भने– ‘हामीलाई त गास, बास कपास सबैको समस्या छ, अब अहिले खुल्ला आकासमा बस्न बाध्य छौँ, कम्तिमा पनि घरको व्यवस्था गरिदिएमा राहतको महशुस गर्ने थियौँ ।’

त्रिवेणी गाउँपालिका वडा नम्बर २ को पिराले भन्ने गाउँमा आगलागीबाट ४३ घरगोठ जलेर नस्ट भएका छन् । वनको बिचमा रहेको गाउँमा वनबाट फैलिएको आगोले गाउँमा ३२ घर र ११ वटा गोठ जलेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिए । ‘दिउँसोको समयमा भएका कारण आगलागीबाट मानविय क्षति हुन पाएन’ उनले भने– ‘आगलागी पीडितलाई तत्काल सामान्यरूपमा राहत वितरण गरेका छौँ, अब उहाँहरूको आवासको लागि हामी प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गछौँ ।’

आगलागीबाट ६२ लाख १९ हजार बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार आगलागीले खानेपानीका पाइपमा पनि क्षति पुगेको छ भने ४ वटा गाई, ६ वटा गोरू र ९ बाख्रा पनि मरेका छन् । सामुदायिक वनमा फैलिएको आगोले वनक्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । सोमबारदेखि फैलिएको आगा टुनिखोला सामुदायिक वन, मुलाबारी सामुदायिक वन, रामपुर सामुादायिक वन, सल्लेरीडाँडा सामुदायिक वन र ठाडो लेख सामुदायिक वनक्षेत्र फैलिएको हो ।

आगो साविक नुवागाउँ गाविसको वडा नम्बर १, २, ३ र ४ मा फैलिदा ठूलो क्षति पुगेको वडा नम्बर अध्यक्ष कविराज बुढामगरले जानकारी दिए । वनमा फैलिएको आगो बिहीबार परेको असिना पानीले नियन्त्रणमा आएपनि आगलागी पीडितको फेरि बिचल्ली भएको छ ।

सल्यानमा पाँच घरगोठ जलेर नष्ट

सल्यानमा आगलागीबाट पाँच घरगोठ जलेर नष्ट भएका छन् । कालिमाटी गाउँपालिका वडा नम्बर १ को पोखरा गाउँमा वनबाट फैलिएको आगोले पाँच घरगोठ जलेर नष्ट भएको स्थानीय पत्रकार दिपक भण्डारीले जानकारी दिए ।
बिहीबार बिहान ३ बजेदेखि पोखरा सामुदायिक वनबाट शुरूभएको आगलागी नजिककै लक्ष्मी सामुदायीक वन हुँदै पोखरा गाउँमा प्रवेश गरेर पाँच घरगोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

आगलागीबाट जीतबहादुर डाँगीको घरगोठ, दिपक खत्रीको घर, शेरबहादुर खडकाको गोठ र रूपलाल डाँगीको गोठ आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ ।
वनमा फैलिएको आगोले लामीडाँडा हुँदै पोखरासम्म जोड्ने झण्डै १२ सय मिटर पानीको पाइपलाइनमा समेत क्षति पु¥याएपछि खानेपानीको अभावसमेत भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here