- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरलकडाउनको पालना गर्न आग्रह

लकडाउनको पालना गर्न आग्रह

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १७ बैशाख  । तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको पूर्णपालना गरेर घरमै सुरक्षित बस्न नगरबासीमा हार्दिक अनुरोध गरेको छ । नगर प्रमुख घनश्याम पाण्डेले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ भेरिएन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले बैशाख १७ देखि २५ गते साँझसम्म गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख पाण्डेद्वारा जारी विज्ञप्तिमा लकडाउनको समयमा घरमै सुरक्षित बस्न, घरबाहिर निस्कनु पर्ने भए सम्बन्धित निकायसँग समन्वय गर्न, सामाजिक दूरी कायम गर्न, भिडभाडमा नजान, भोजभतेर, पार्टीमा सहभागी नहुन तथा नगर्न र सुरक्षाका सबै विधि अपनाउन नगरबासी सबैमा अनुरोध गरिएको छ ।

मेला महोत्सव, पर्व, जात्रा, विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक धार्मिक परम्परा तथा साँस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्ड पालना हुने गरी सञ्चालन गर्न नगर प्रमुख पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here