- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयकार्यालयमा लापरबाही

कार्यालयमा लापरबाही

- Advertisement -spot_img

सम्पादकीय
कोरोनाको महामारी उच्च भएका बेला–बेला सरकारी कार्यालयहरूमा सावधानी कम देखिएको छ । दैनिक कोरोनाकै कारण मृत्युदर बढिरहदासमेत कार्यालयहरूमा आउने सेवाग्राहीहरूकोमा सावधानी र त्यसको ब्यवस्थापन देखिदैन । कोरोना नभएको अवस्थाको सरह कार्यालयहरूले सेवाप्रवाह गरिरहेका छन् । कार्यालयमा उच्च जोखिम भए पनि सावधानी र सुरक्षा भने छैन् भन्दा पनि भन्न सकिन्छ । कार्यालयमा देखिएको छैन । हचुवा र असावधानी कार्यालयमा देखिनु उचित छैन । यो जटिल अवस्थामा कार्यालयहरूबाट हुन सक्ने जोखिमको विषयमा गम्भीर हुनुपर्छ । जिल्ला नै लकडाउनको अवस्थामा जाँदै गर्दा कार्यालयहरू पनि पूर्णरूपमा व्यवस्थित र सुरक्षित तवरले सञ्चालन हुनुपर्छ । असरहरूसम्म नसोचिनु सान्दर्भिक हैन । बजारको भयावह अवस्थालाई हेरे कार्यालयहरूमा स्वास्थ्य सुरक्षाका मापदण्डहरू तत्काल व्यवस्थापन र सुधार गर्नु नै पर्छ । कोरोनाको सकसको एक वर्षसम्मको अनुभवले सिकेका कुराहरूलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ । कार्य सम्पादनलाई प्रभावकारी बनाउने र स्वास्थ्य सुरक्षाका लागि चनाखो बन्न कार्यालयहरूले सुरक्षा व्यवस्था मिलाउनुपर्छ । भिडभाड हुने कार्यालयहरूमा झनै यसको आवश्यकता छ । नागरिकलाई पनि सुरक्षित राख्ने र कर्मचारी पनि सुरक्षित हुने वातावरण निर्माण हुनुपर्छ । यसो हुन सकेमा भैपरी आउने जोखिम कम हुने छ । यसतर्फ सोचेर सरकारी कार्यालयहरू सेवा प्रवाह गर्नतर्फ लाग्नुपर्छ ।
कोभिडले अहिले विश्व आक्रान्त छ । विश्वमा नै महामारीका रूपमा फैलिएको कोरोनाले नेपालपूर्ण रूपमा क्षतविक्षत भएको छ । लुम्बिनी प्रदेशका तीन जिल्ला इपिसेनटरको रूपमा देखिएका छन् प्रदेश २ को अवस्था पनि उस्तै छ । अहिलेकै अवस्थामा हेर्ने हो भने संक्रमितहरूको संख्या उच्च छ । मृत्युदर पनि त्यस्तै पहिलोभन्दा कडारूपमा देखिएको कोरोनाले सबैलाई त्रास बढाइदिएको र भने लापरबाही गर्नेहरूलाई पनि सवक सिकाएको छ । यस्तो अवस्थामा कार्यालयले झन बढी सतर्कता अपनाउनुको साटो लापरबाही कदाचित पनि गर्न हुँदैन । लापरबाहीहरू पनि छरपष्ट रूपमा देखिएका छन् । साना ठूला सबै पक्षबाट लापरबाही देखिन्छ । राज्यको नीति र निर्देशनको पालन कम मात्रै भएको छ । संक्रमणबाट बच्नलाई गरिएको कार्यहरूमा लापरवाही देखिनु राम्रो हुँदैन ।
आफूखुसी सेवाप्रवाह गर्ने कार्यालय, व्यवसायी र नागरिकले गरेको निर्णयले पनि सबै ठाउँमा लापरबाही बढाएको छ । यसमा आफै सचेत भएर सबै सतर्क हुनुपर्ने अवस्था हो । कसैलाई पनि लापरबाही, हेलचेक्र्याई गर्ने छुट हुनुहुँदैन । पछिल्लो समय दाङ कोरोनाको इपिसेन्टर नै छ । जोखिम बढेको बढै छ । लापरबाही पनि बढिरहेको छ । सबैले आफ्नो क्षेत्रबाट मात्रै सुरक्षित हुने अवस्था सिर्जना ग¥यौं भने मात्रै पनि केही सहजता हुने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here