Saturday, April 13, 2024
Homeअर्थउपमहानगरलाई अक्सिजन सिलिण्डर हस्तान्तरण

उपमहानगरलाई अक्सिजन सिलिण्डर हस्तान्तरण

- Advertisement -spot_img

तुलसीपुर,१६वैशाख।

तुलसीपुर अटो भिलेज तथा व्यवस्थापन समितिले व्यवसायीहरुसंग भएका अक्सिजनका खाली र भरि सिलिण्डरहरु तुलसीपुर उपमहानगरपालिकालाई उपलव्ध गराएको छ ।

कोभिड संक्रमण बढेसंगै अक्सिजनको अभाव भएपछि मानवीय सेवाका नाताले समितिले व्यवसायीहरुसंग भएका अक्सिजन सिलिण्डरहरु उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको समितिका अध्यक्ष पदम पोख्रल (जेठुकान्छु) ले बताए ।

केहिदिन अगाडी उपमहानगरपालिकाले बजारमा अक्सिजन सिलिण्डरहरुको अभाव भएकोले खाली सिलिण्डर भए उपलव्ध गराउन अनुरोध गरेको थियो ।

पहिलो चरणमा व्यवसायीहरुसंग भएका १२ वटा सिलिण्डहरु संकलन गरी उपमहानगरलाई हस्तान्तरण गरिएको र आगामी दिनमा अरु सिलिण्डहरु संकलन गरेर उपलव्ध गराउने अध्यक्ष पोख्रेलले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here