- Advertisement -spot_img
Friday, May 7, 2021
Homebreaking-newsबालिकामाथि सामुहिक बलात्कार

बालिकामाथि सामुहिक बलात्कार

- Advertisement -spot_img

इन्द्र बुढाथोकी ।    सल्यानमा १४ वर्षीया एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । सल्यानको बनगाढ कुपिन्डे नगरपालिकाकी बालिकालाई बलत्कार गरेको अभियोगमा दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १० गते घटना घटेको थियो ।

बलात्कारको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका निवासी २ जना युवकलाई पक्राउ गरेको छ ।

सामुहिक बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले बैशाख १६ गते दिएको जाहेरीका आधारमा आरोपित बनगाड कुपिण्डे नगरपालिका निवासी १६ वर्षीय र १७ वर्षीय युवकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालेको सल्यान प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।

यसरी घटेको थियो घटना

कक्षा ८ मा अध्यनरत पीडित बालिका माघ १० गते स्बेलुका बहिनी खेल्न निस्कीएकी हुनाले बेलुका बहिनी खोज्न घर बाहिर निस्केकी ती बालिकालाइ छिमेकी युवाहरुले समातेर नजिकैको गोठमा लगे । एउटाले मुख बन्द गरेको थियो भने अर्को युवाले उनीलाई समाएर बाख्रा बाध्ने गोठमा लगेपछि पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छन ।

आर्थिक अवस्था कमजोर भएको पीडित बालिकाका बुवा र आमा मजदुरीका लागी भारतमा रहेको र बालिका सहित दुइ दिदी बहिनी हजुर आमासंग बस्दै आएका थिए ।

बालिकाको बुवा र आमा रोजगारीबाट फर्किए पछि यो कानुनी प्रक्रिया अघि बढेको परिवारले बताएको छ । आरोपितहरुले घटना बारे कसैलाइ भनेमा ज्यान मार्ने धम्की दिएपछि बालिकाले घटनाबारे कसैलाइ भन्न नसकेको परिवारले जनाएको छ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here