- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरकोरोनाको भयाभह...एकैदिन ३५ जनाको मृत्यु

कोरोनाको भयाभह…एकैदिन ३५ जनाको मृत्यु

- Advertisement -spot_img

काठमाडौ,१६ बैशाख । कोरोनाको भयाभह एकपछि अर्काे दिन बढीरहेको छ । बिहीबार मात्रै कोभिड–१९ संक्रमणबाट नेपालमा ३५ जनाको मृत्यु भएको छ । हालसम्म ज्यान गुमाउनेको सख्या ३ हजार २४६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ४९ सय २८ जनामा कोभिड पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ५९७ पीसीआर परीक्षणका क्रममा चार हजार ८३१ जना र ९६३ एन्टिजेन परीक्षणका क्रममा ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको छ । त्यस्तै ८८८ जना संक्रमणमुक्त हुँदा नेपालमा हालसम्म दुई लाख ८० हजार १६७ जना संक्रमित निको भएका छन । हाल ५९ जना क्वारेन्टाइनमा छन । नेपालमा हालसम्म २४ लाख ५८ हजार ५६५ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

१२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५९ जना ३४ हजार ११७ आइसोलेसनमामा छन ।

दाङमा २ सय ८ जनामा संक्रमण

दाङमा विहिवार थप २ सय बढिमा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही र बुटवलमा गरिएको परिक्षणमा थप २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ सय ९ जनाको परिक्षणमा गरिएकोमा १५५ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा तुलसीपुरका ६८ जना, घोराहीका ६७, बबईका ६, गढवाका ५,लमहीका ३ जना, दंगीशरणका २ जना र बंगलाचुली, शान्तीनगर, राप्ती र राजपुरका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बुटवलमा एक सय जनाको परिक्षण गरिएकोमा ५३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा तुलसीपुरका २७ जना, घोराहीका १८, राप्तीका ५ जना र लमही र शान्तीनगरका एक÷एक जना संक्रमित थपिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

जिल्लामा विहिवार मात्रै ३ जनाको मृत्यु भएको छ । यो संगै हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको छ । जिल्लामा अहिले १ हजार १ सय ४१ जना संक्रिय संक्रमित रहेका छन् भने कुल संक्रमितको संख्या ४ हजार २ सय ८५ पुगेको छ । जिल्लामा अहिले सम्म ३ हजार १ सय ६ जना निको भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।।

बाँकेमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा कैलालीको टिकापुर नगरपालिका–१ की ५२ वर्षीया महिला र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको आधा घण्टाको फरकमा मृत्यु भएको हो ।

कैलालीकी ५१ वर्षीया महिलाको बिहीबार बिहान १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो भने नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा आज बिहान १०ः३० बजे मृत्यु भएको ओलीले बताए । महिलामा वैशाख १४ गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो । ३३ वर्षीय पुरुषको वैशाख १३ गते गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here