- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरआइतबारदेखि निषेधाज्ञा

आइतबारदेखि निषेधाज्ञा

- Advertisement -spot_img

सल्यान, १६ वैशाख । सल्यानमा वैशाख १९ गते देखि निषेधाज्ञा जारी हुने भएको छ । नयाँ भेरियन्टको कोभिड–१९ जिल्लाका सबै पालिकाहरुमा तीव्र रुपमा फैलिएको भन्दै बैशाख १९ गतेदेखि जेठ १ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले बैशाख १९ गते बिहान ६ बजेदेखि जेठ १ गते राती १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पूर्णरुपमा रोक लगाइएको छ ।

खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य, औषधि र स्वास्थ्य सामग्रीलगायतका अत्यावश्यक पसलहरु स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन् ।

अत्यावश्यक सरकारी तथा सार्वजनिक कार्यालयबाहेक अन्य सेवाहरु स्थगन गर्ने, अन्य जिल्ला वा भारतबाट फर्किने व्यक्तिहरु १० दिनसम्म स्थानीय तहले निमार्ण गरेका क्वारेनटाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने, जिल्ला अस्पतालमा २० बेडको आइसोलेशन तथा कोरोना उपचार कक्ष निमार्ण गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसअघि विभिन्न स्थानीय पालिकाहरुले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिसकेका छन् । नयाँ भेरियन्ट सहितको कोरोनाबाट सल्यानमा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here