Monday, May 20, 2024
Homeमुख्य खबरलकडाउनको पालना गर्न उपमहानगरको अनुरोध

लकडाउनको पालना गर्न उपमहानगरको अनुरोध

- Advertisement -spot_img

तुलसीपुर, १६ बैशाख ।  तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालना गरेर घरमै सुरक्षीत बस्न नगरबासीमा हार्दिक अनुरोध गरेको छ ।

नगर प्रमुख घनश्याम पाण्डेले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएकाले यसको रोकथामका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसी एमसी) ले बैशाख १७ देखि २५ गते साँझसम्म गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन् ।

नगर प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा लकडाउनको समयमा घरमै सुरक्षीत बस्न, घरबाहिर निस्कनु पर्ने भए सम्बन्धित निकायसंग समन्वय गर्न, सामाजिक दुरी कायम गर्न, भिडभाडमा नजान, भोजभतेर, पाटीमा सहभागि नहुन तथा नगर्न र सुरक्षाका सबै विधि अपनाउन नगरबासी सबैमा अनुरोध गरिएको छ ।

मेला महोत्सव, पर्व, जात्रा, विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी लगाएतका अत्यावश्यक धार्मिक परम्परा तथा साँस्कृतिक कृयाकलाप गर्दा २५ जना भन्दा बढी जम्मा नहुन र जनस्वास्थ्यको मापदण्ड पालना हुनेगरी संचालन गर्न नगर प्रमुख पाण्डेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here