Friday, April 18, 2025
Homeसमाजअनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने

अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने

- Advertisement -spot_img

रोल्पा, १६ वैशाख ।
रोल्पामा बाहिरी जिल्लाबाट प्रवेश गरेमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । बाहिरी जिल्लामा कोरोना संक्रमणदर उच्च रहेकाले जिल्लाको सुरक्षाका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

बिहिबार बसेको बैठकले अन्य जिल्लाबाट रोल्पामा प्रवेश गर्नेहरु १० दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको हो ।
१० दिन होम क्वारेन्टाइनमा बसे नबसेको बारेमा स्थानीय तहका प्रमुखले अनुगमन गर्नु पर्ने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नवराज साप्कोटाले जानकारी दिए ।

यसका साथै बिहिबार बसेको बैठकले जिल्लामा सबै शिक्षण संस्थाहरु बन्द गर्नुपर्ने,अनलाइनबाट कक्षा सञ्चालन गर्नुपर्ने, परीक्षाहरु अर्को सूचना नभएसम्म स्थगित गर्नुपर्ने निर्णय गरेको छ ।
यस्तै प्रत्येक स्थानीय तहले एकवटा उपयुक्त आइसोलेसन सेन्टर तत्काल बनाउने र कोरोना संक्रमणबाट बच्च स्थानीय तहले जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी साप्कोटाले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here