बबई,१६ बैशाख । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि दाङको बबई गाउँपालिकाले ३० बेडको आइसोलेसन अस्पताल सञ्चालन गर्ने भएको छ । जिल्लामा कोरोना महामारीले भयावह अवस्था निम्त्याएपछि यसको रोकथाम र नियन्त्रणका लागि गाउँपालिका कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डीलाई एक लाख रुपैया सहयोग गर्ने निर्णय गरेको छ । यसैगरी कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि २० लाखको कोष निर्माण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।