तुलसीपुर,१६ वैशाख ।
कोरोना महामारीको अवस्थालाई ध्यानमा राख्देै तुलसीपुरमा बिहिबारदेखि कोरोना परिक्षण गर्न सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले बिहिबारदेखि निशुल्क रुपमा तुलसीपुरमा कोरोना परिक्षण सुरु गरेको छ ।
राप्ती प्रादेशिक अस्पतालमा परिक्षण सुरु गरिएको तुलसीपुरका कोभिड फोकल पर्सन विमल केसीले जानकारी दिए ।उनले एन्टिजेन विधिबाट कोरोना परिक्षण गरेर तत्काल नतिजा समेत दिइने केसीले जानकारी दिए । उनका अनुसार हरेक दिन विहान ७ देखि ९ वजेसम्म कोरोना परिक्षण गरिनेछ ।
यसभन्दा अगाडी कोरोना परिक्षणका लागि घोराहीसम्म जानुपर्ने वाध्यता रहेको थियो । कोभिड फोकल पर्सन केसीका अनुसार लक्षण देखिएका विरामीको मात्रै कोरोना परिक्षण गरिनेछ ।