Saturday, March 15, 2025
Homeसमाजबालुवा सङग्रहीमा हेल्थ डेस्क

बालुवा सङग्रहीमा हेल्थ डेस्क

- Advertisement -spot_img

सल्यान , १५ वैशाख ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाले बालुवा सङग्रहिमा हेल्थडेस्क स्थापना गरेकोे छ । नगरपालिकाको वडा नं. ११ मा रहेको बालुवा सङग्रहिमा भारत तथा विभिन्न ठाउँ बाट आएका मानिसहरुको स्वास्थ्य चेकजाँच गर्नको लागि हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिएका छन ।

कोरोना सङ्क्रमितको दोस्रो लहरले ठूलो महामारी लिन सक्ने भन्दै नगरपालिकाको सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।गत वर्ष कोरोना नियन्त्रणको लागि नगरपालिका भित्र आएका नागरिकलाई क्वारेन्टाइनमा राखेर कोरोना नियन्त्रणमा राम्रो भुमिका खेलेको स्वास्थ्य शाखाले आज देखि फेरि कोरोना नियन्त्रणको लागि ४ जना स्वास्थ्यकर्मीहरु परिचालन गरि कोरोना नियन्त्रणमा जुटेको छ ।

अहिले तत्काल बिहान ६ बजे देखि साझ ६ बजे सम्म १२ घण्टालाई सेवा दिने र अवस्था हेरेर २४ घण्टा स्वास्थ्य सुबिधा दिने योजना रहेको शाखा प्रमुख पोखरेल बताएका छन । यो नाका भएर जाने जिल्लाहरु सुर्खेतको केही भाग, जाजरकोट, डोल्पा, रुकुम पश्चिम र सल्यान लगाएत सबै नागरिकलाई चेकजाँच गर्ने र ज्वरो आएका, रुघाखोकी लागेका कोरोनासङ्ग मिल्दोजुल्दो लक्ष्य भएका हरुको एन्टीजेन टेस्ट गर्ने व्यवस्था मिलाएको समेत प्रमुख पोखरेलले जानकारी दिए ।

एन्टीजेन टेष्ट पोजेटिभ आएकोलाइ होम क्वारेन्टाइनमा बस्ने आग्रह गर्ने र त्यसले कोरोना सङक्रमित हुना बाट रोक्ने समेत बताए । पिसिआर जतिकै भरपर्दो भएकोले नगरपालिकाका नै चेकजाँच हुने र भारत तथा विभिन्न ठाउँबाट गाउमा आउनु भएका सबै नागरिकलाई कोरोना सङ्ग मिल्दोजुल्दो लक्ष्य देखिएमा तत्काल नजिकैको स्वास्थ सस्था वा नगर स्वास्थ्य शाखामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । बाहिर हल्लामा आएजस्तो नगर स्वास्थ्य शाखा अहिले सम्म कुनै पनि व्यक्ति जानकारी नगराएकोले आफुहरुले केही नगरेको तर जानकारीमा आए
हेल्थ डेस्क स्थापनामा प्रमुख प्रशासकीय अधिकृत मनोज रेग्मी, स्वास्थ्य शाखा प्रमुख बासुदेब पोखरेल, लेखा अधिकृत दिनेश भण्डारी, लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here