Sunday, June 15, 2025
Homebreaking-newsनिशुल्क मास्क बितरण

निशुल्क मास्क बितरण

- Advertisement -spot_img

तुलसीपुर,१५ बैशाख  ।                                                                                                         कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्दै गएपछी दाङको बिजौरीमा निशुल्क मास्क वितरण गरिएको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि बुधवार बिजौरी उद्योग वाणिज्य सघं,प्रहरी चौकी हेमन्तापुर र अस्थायी प्रहरी पोष्ट बेलझुण्डीको संयुक्त आयोजनामा मास्क वितरण कार्यक्रम गरिएकोे हो ।

जिल्लामा (कोभिड–१९) को जोखिम बढ्दै गए पनि मानिसहरुले मास्कको प्रयोग गर्न छाडेपछि निशुल्क मास्क वितरण कार्यक्रम गरिएको वाणिज्य सघंका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिए ।

 

कार्यक्रममा कोरोना संक्रमणबारे सचेतना फैलाउदै बजारका पसल–पसल,बाटोमा हिड्ने बटुवाहरु र सार्वजनिक सवारी साधनमा मास्क नलगाई हिड्ने यात्रुहरुलाई निशुल्क मास्क वितरण महासचिव बिदुर गौतमले जानकारी दिए ।

सो अवसरमा बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष प्रेमनाथ योगी,उपाध्यक्ष बालकृष्ण रेग्मी,महासचिव बिदुर गौतम,सचिव यज्ञ पुन,प्रहरी चौकी हेमन्तापुरका इञ्चार्ज इन्द्रबहादुर पाल,अस्थायी प्रहरी पोष्ट बेलझुण्डीका टिकाबहादुर कंवर लगाएतकाको उपस्थिती रहेको थियो ।

 

यसैबिच बिजौरी उद्योग वाणिज्य सघंको बुधवार बिहान बसेको बैठकले कोरोना भाइरसबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको लकडाउनको पुर्ण रुपमा पालना गर्न सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

बैठकले लकडाउन अवधिभर उद्योगी व्यापारीहरुलाई भैपरि आउने समस्याहरु,बजार अनुगमन गर्नका लागि विपद व्यवस्थापन तथा अनुगमन समिति पनि गठन गरेको छ ।

सघंका अध्यक्ष प्रेमनाथ योगीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

जसको सदस्यहरुमा शिवराज केसी,रेष्मीराज खड्का, प्रहरी चौकी हेमन्तापुरका इञ्चार्ज इन्द्रबहादुर पाल,अस्थायी प्रहरी पोष्ट बेलझुण्डीका टिकाबहादुर कंवर रहेका छन ।

साथै कोरोना महामारीको सक्रंमणबाट बच्न अत्याआवश्यक सेवा बाहेक सर्वसाधारण भिडभाड नगर्न ,साबुन पानी र सेनिटाइजरले नियमित रुपमा हात धुन र निरन्तर रुपमा माक्सको प्रयोग गरिदिन व्यवसायीहरुलाई आग्रह गरिएको सघंका महासचिव बिदुर गौतमले जानकारी दिए ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here