- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsबढ्यो संक्रमित दर.. ७१ प्रतिशतमा कोरोना

बढ्यो संक्रमित दर.. ७१ प्रतिशतमा कोरोना

- Advertisement -spot_img

दाङ, १३ वैशाख ।
दाङमा कोरोना संक्रमितको दर उच्चरुपले बढ्न थालेको छ । सोमबार दाङमा १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोमबार दुईसय दुईजनाको परिक्षण गर्दा ७१ प्रतिशत अर्थात एक सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै दाङमा कोरोनाका सकृय बिरामी ६ सय ७४ पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । संक्रमित पुष्टि भएकाहरुमा घोराहीका ९० जना, तुलसीपुरका ४५ जना, लमहीका ५ जना, दंगिशरण, बंगलाचुली, गढवा र शान्तिनगरका एक एक जनामा संक्रमण देखिएको हो ।

यस्तै बाहिरी जिल्लामा दाङका ४७ जना व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य घोराहीका १४, तुलसीपुरका २८, बबईका ३, दंगिशरण र राप्तीका एक एक जना व्यक्तिमा संक्रमण देखिएको हो ।

यसैविच कोरोना संक्रमण मुक्त हुनेको संख्या निकै थोरै रहेको छ । वितेको १३ दिनमा ९ जना मात्रै कोरोना मुक्त भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्यांकमा छ । त्यसैगरी, ३४ जना बेलझुण्डि अस्पतालमा र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १७ जना संक्रमित भर्ना छन ।

केही संक्रमितहरु जिल्ला बाहिर उपचाररत रहेका छन भने अन्य संक्रमितहरु उपचार बेड अभाबमा घरमै बसेका छन् । संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने तत्काल केही समयका लागि लकडाउन गरेर संक्रमण नियन्त्रण गर्नुपर्नेमा दवाव दिन थालेका छन् ।।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here