बबई ,१३ वैशाख ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि दाङको बबई गाउँपालिका क्षेत्रमा सोमवारदेखी अनिश्चित कालिनका लागी लकडाउनको घोषणा गरिएको छ ।
गाउँपालिका क्षेत्रमा सोमवार विहान देखी लागु हुने गरी अर्को सुचना नभए सम्मका लागी लकडाउन गरिएको छ । लकडाउनका कारण विहानै देखी हापुरे बजार सुनसान बनेको छ ।बजार क्षेत्रका पसल ,व्यवसाय , उद्योग, शैक्षिक संघसंस्था, कार्यालय बन्द भएका छन् भने गाउँपालिका भित्र यातायातका सवारी साधन समेत चल्न सकेनन् ।
बाहिरी क्षेत्रबाट आउने सवारी साधनहरुलाई चल्न दिएपनि गाउँपालिका क्षेत्रबाट बाहिरीने कुनै पनि सवारी साधन नचलेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नविन चुडालले जानकारी दिए । कोरोना भाईरसको दोस्रो लहर सुरु भएपश्चात गाउँपालिकामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ भने दुईजनाको मृत्यु भएको छ ।