- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसमाजस्वास्थ्यकर्मी केसीद्वारा जन्मदिनमा रक्तदान

स्वास्थ्यकर्मी केसीद्वारा जन्मदिनमा रक्तदान

- Advertisement -spot_img

तुलसीपुर, १३ बैशाख

जन्मदिनको अवसर पारेर तुलसीपुरका एक स्वास्थ्यकर्मीले रक्तदान गरेका छन् । मानविय सेवा गरेर आफ्नो जन्मदिन मनाउने उदेश्यले तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जन्मदिनको अवसरमा रक्तदान गरेका छन् । केसीले ३८ वर्ष पुरा भएर ३९ वर्षमा प्रवेश गरेको अवसरमा सोमबार रक्तदान गरेका हुन् र

हरेक जन्मदिनमा मानविय सेवाका कार्यहरु गर्दै आएका केसीले यसपटक पनि रगतको अभाव हुन नदिनका लागि रक्तदान गरेर आफ्नो जन्मदिन मनाएका हुन
उनको यो रक्तदान २७ पटकको रक्तदान हो । कोरोना महामारीका कारण रगतको अभाव भइरहेको समयमा जन्मदिनमा पनि रक्तदान गरिएको उनले बताए ।

तुलसीपुरको रक्त रञ्चार केन्द्रमा केसीसहित पाँच जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा यज्ञबहादुर केसी, प्रेमबहादुर वली, रबिन्द्र थापा र भुपेन्द्र यरीले रहेका छन

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here