वैशाख १२
तुलसीपुर उपमहानगरपालिकाका दुईवटा वडा कार्यालयहरु सिल गरिएको छ । जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखीएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. १० र १२ को वडा कार्यालय सील गरिएको हो । वडा अध्यक्ष र वडा सचिवलाई कोरोना संक्रमण पुष्टि भएपनि वडा नं. १०को वडा कार्यालय आईतबार देखि तीनदिनसम्मका लागि बन्द गरिएको हो ।
वडा अध्यक्ष र सचिवको घरपरिवारलाई समेत कोरोना पुष्टि भएको छ । उनीरुलाई अहिले होम आईसोलेसनमा बसेको कोराना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
उनका अनुसार तुलसीपुर वडा नं. १२ को वडा कार्यालयलाई पनि आइतबार देखी एकहप्ता सम्मका लागी बन्द गरिएको छ । वडा कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय सिल गरिएको उनले जानकारी दिए । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिमलाई मध्येनजर गर्दै वडा कार्यालय बन्द गरिएको हो ।।