- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsदाङमा थप ८१ जनामा कोरोना संक्रमण

दाङमा थप ८१ जनामा कोरोना संक्रमण

- Advertisement -spot_img

वैशाख १२
दाङमा आइतबार थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परिक्षण गर्दा ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एकसय ६१ जनाको स्वाब परिक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको हो ।
संक्रमित हुनेहरुमा तुलसीपुरका ३६ जना, घोराहीका ३१, बबईका ४ जनामा रहेका छन् । यस्तै शान्तिरनगरका ३, लमही र राप्ति गाउपालिकाका २÷२ जनामा, घोराही र दंगिशरणका १÷१ रहेका छन् ।
संक्रमितहरुमध्ये ५१ जना पुरुषहरु र ३० जना महिलाहरु रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।
यसैगरी आइतबार दाङका ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने जिल्लामा अहिले चारसय ८ जना सक्रृय संक्रमित रहेका छन् । जसमध्ये तीनसय
४१ जना र जिल्ला बाहिर ६१ जना सकृय बिरामीको उपचार भैरहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । कोरोना अस्पताल बेलझुण्डीमा ४१ जना र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १६ जना बिरामीको अहिले उपचार भैरहेको छ । संक्रमित मध्य दुई सय ८४ जना बिरामीहरु घरकै आइसोलेशनमा बसेका छन् ।।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here