Wednesday, April 17, 2024
Homeखेलकुदरेडक्रस सबैका लागि

रेडक्रस सबैका लागि

- Advertisement -spot_img

देवी प्याकुरेल
घटना- १

एक खोला किनारको बस्ती हरेक वर्ष बाढीको चपेटामा परिरहेको हुन्छ । बाढी आउँछ, समुदायलाई तहस–नहस पार्छ । करिब एकहप्ता समुदायको जनजीवन अस्तव्यस्त हुन्छ । विभिन्न किसिमका सर्वेक्षण हुन्छन् । एकै परिवारको कयौं पटक विवरण लिईन्छ । सबैले राहतको मुख ताकेर बसेका हुन्छन् । समुदायमा सूचना आउँछ, रेडक्रसबाट राहत सामग्री वितरण हुँदैछ । सबैको सहयोग र समन्यवमा राहत वितरण कार्य हुन्छ ।

घटना -२
मेरो छिमेकी अस्पतालमा हुनुहुुन्छ । बिरामीसँग एक जनामात्र कुरुवा हुनुहुन्छ । उहाँलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भएको छ । चिकित्सकका अनुसार उहाँको शल्यक्रिया अघि दुई पाउण्ड रगत तयार गर्नुपर्छ रे ! लौ कता हो के गर्ने हो ? आपत् प¥यो सहयोग गर्नुपर्‍यो । जवाफमा, तपाई नजिकको रक्तसञ्चार केन्द्रमा जानुहोस् आफ्नो समस्या राख्नुहोस् । केही थप सहयोग गर्नुपरेमा रक्तसञ्चार केन्द्रले सहयोग गर्नेछ ।

घटना- ३
लौ हजुर सहयोग गर्नुहोस् । राहत संकलन कार्य लेखेको ब्यानर बोकेका दुईजना युवा अग्रपंक्तिमा छन् । पछि–पछि विद्यालयका जुनियर सर्कलका भाइ–बहिनीहरु छन् । सबैले रेडक्रस चिन्ह अंकित टोपी लगाएको देखिन्छ । विद्यालयका शिक्षकहरु, समुदायका अगुवाहरु, आमा समूहहरु, युवा क्लवहरु संलग्न टोलीले रकम, अन्न, लत्ता–कपडा संकलन गरी नजिकको रेडक्रसको उपशाखामा बुझाउँछन् । साँझ समाचारमा मानव सेवामा समर्पित रेडक्रसका स्वयंसेवकहरुबाट यति रकम बराबरको सामग्रीहरु विपद प्रभावित समुदायमा वितरण गर्‍यो ।

घटना -४
समुदायमा विदेशबाट नयाँ मान्छेहरु आएका छन् । संसारभर कोरोनाको प्रकोप छ । लौ अब उनीहरुलाई कहाँ राख्ने हो ? गाउँमा त सबै डर त्रासमा बसेका छन् । रेडक्रसका स्वयंसेवकले स्थानीय निकायसँग समन्वय गरी सो व्यक्तिहरु एवं परिवारका सदस्यहरुसँग समन्वय गरी स्थानीय सुरक्षित स्थान क्वारेन्टाईनमा लगि उचित व्यवस्थापन गर्दछन् ।

नेपालजस्तो अल्पविकसित मुलुकको दुरदराजमा हुने विपद र सो को प्रतिकार्यका लागि नेपाल सरकारसँग समन्वय गरी अग्रणी स्थानमा रहेर काम गर्ने रेडक्रस सरकारको एक महत्वपूर्ण सहयोगी निकाय हो ।

यस्ता विभिन्न घटनाहरु क्रमशः समुदायमा घटि रहन्छन् । यी प्रतिनिधि घटनाहरु हुन् । कुनै पनि प्रकोपले सबैभन्दा पहिला समुदायलाई नै असर गर्दछ र समुदायका व्यक्तिहरु नै पहिलो उद्धारकर्ता हुन सक्दछन् । नेपालजस्तो अल्पविकसित मुलुकको दुरदराजमा हुने विपद र सो को प्रतिकार्यका लागि नेपाल सरकारसँग समन्वय गरी अग्रणी स्थानमा रहेर काम गर्ने रेडक्रस सरकारको एक महत्वपूर्ण सहयोगी निकाय हो ।

जाँ हेनरी ड्युनाको अगुवाईमा विश्वमा स्थापना भएको रेडक्रस नेपालमा वि.सं २०२० साल भाद्र १९ गते विधिवत रुपमा स्थापना भई अनवरत रुपमा कार्य गर्दै आईरहेको छ । समय र सामाजिकअवस्था परिवर्तन सँगसँगै रेडक्रले आफ्नो कार्यक्षेत्रलाई विस्तार र सुदृढ गर्दै समुदायसँग अझ नजिक ।

मानवताका लागि एकै ठाउँमा । म सेवा गर्छु । आत्मा साक्षी राखी मन, बचन र कर्मले सेवा गरौं । जस्ता उत्पे्ररणामूलक आदर्शका साथ विद्यालय, समुदाय, विश्वविद्यालयलागयत सबै क्षेत्रमा रेडक्रस विभिन्न रुपमा पुग्ने गर्दछ ।

मानवताका लागि एकै ठाउँमा । म सेवा गर्छु । आत्मा साक्षी राखी मन, बचन र कर्मले सेवा गरौं । जस्ता उत्पे्ररणामूलक आदर्शका साथ विद्यालय, समुदाय, विश्वविद्यालयलागयत सबै क्षेत्रमा रेडक्रस विभिन्न रुपमा पुग्ने गर्दछ ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाईटीमार्फत देशका विभिन्न जिल्ला तथा संकटासन्न समुदायमा विपद जोखिम व्यवस्थापन, विपद पूर्वतयारी, समावेशी विपद जोखिम न्यूनीकरण, खानेपानी स्वच्छता तथा सरसफाई, जीविकोपार्जन, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, स्वास्थ्य सेवा, विपद व्यस्थापन, सामुदायिक विकास, राहत भण्डारण तथा वितरण, क्षमता विकास, मानवीय मूल्यको प्रवद्र्धन, प्राथमिक उपचार, विपद प्रतिकार्य तथा पूर्वतयारी, पूर्वसूचना प्रणाली लगायत क्षमता विकासका कार्यहरु सञ्चालन गरी नेपाल सरकारको विपद जोखिम न्यूनीकरण योजना तथा रणनीतिलाई सफलिभूत पार्न तल्लिन रहेको छ ।

महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु, पिछडिएको सीमान्तकृत समुदायहरुमा पुगेर सहभागितामूलक विधि तथा प्रकृया अपनाई उहाँहरुको समस्या पहिचान गरी समाधानका लागि योजना निर्माण तथा योजना कार्यान्वयन गरी उत्थानशील समुदायतर्फ उन्मुख बनाई, संगठित बनाई, भए गरेका गतिविधिहरु एवं भावी योजनाको दिगोपनाका लागि वहस पैरवी गर्न सक्षम जनशक्ति समुदायस्तमा तयार गर्ने कार्यमा रेडक्रस सदैव तल्लिन रहेको छ ।

दिगो विकास लक्ष्यअनुसारका सूचकहरुलाई पहिल्याउँदै प्रत्यक्ष र परोक्षरुपमा सो लक्ष्य हासिल गर्न सबै किसिमका योजना तयार गरी रेडक्रस आफ्नो कर्मथलोमा कार्यरत छ । विभिन्न साझेदार निकायसँग उत्कृष्ट कार्य सम्पादन गरी रेडक्रसले आफ्नो कार्य कुशलतामा निखार ल्याउँदै बढी भन्दा बढी मानवीय सेवाका कार्यहरु सञ्चालन गरी रहेको छ ।

बालबालिकाहरुलाई सानैदेखि मानवताका कार्यहरुमा संलग्न गराउन जुनियर रेडक्रस सर्कलमार्फत अभिप्रेरित गर्दछ । आजका जुनियर युवा स्वयंसेवकहरु भोलिका एक असल नागरिक हुन् भन्ने अवधारणाअनुसार जीवनोपयोगी सिप, उनीहरुमा भएको क्षमता उजागर गर्ने एक उत्कृष्ट थलो जुनियर रेडक्रस तथा युुवा रेडक्रस सर्कल रहेका छन् ।

रेडक्रसका आधारभूत सिद्धान्तहरु नै रेडक्रसको पहिचान हो । मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता यि सात सिद्धान्तहरुलाई शिरोपर गरिमानव सेवाका लागि खोज तथा उद्धार, राहत जस्ता कार्य गरेको हुनाले नै रेडक्रस सबैको स्वीकार्य संस्था भएको छ ।

रेडक्रसकर्मीहरुले गर्ने भातृत्व र भाइचाराको आनिबानी, व्यवहार र संस्थाप्रतिको विश्वसनीयता नै संस्थाको सौन्दर्यता रहेको छ । आजको समयमा मानव सेवाका कार्यहरु गर्न धेरै चुनौतीहरु रहेका छन् । असल स्वयंसेवक तथा कुशल र कर्तव्यबोध गर्ने रेडक्रसकर्मीहरुको संंयुक्त प्रयासले यो अभियानको शाख सधै उच्च राख्ने छ ।

निदृष्ट गतिविधि जुन समुदायलाई लक्षित गरेर तय गरिएको हुन्छ त्यस कार्यमा कतै पनि बिना सम्झौता सबै सरोकारावाला निकायहरुसँग समन्वय गरी निर्धारित कार्य सम्पादन गर्न रेडक्रसले दख्खल राख्दछ ।

यो ज्ञान र सिपलाई तिखार्दै उच्च मनोवलका साथ निरन्तर अघि बढ्ने प्रेरणा सबै रेडक्रसकर्मीहरुलाई मिलोस् ।

५८औं नेपाल रेडक्रस दिवसको शुभकामना ।
जय रेडक्रस ’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here