- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-news‘उपभोक्ता जागरण’ सचेतना कक्षा सञ्चालन

‘उपभोक्ता जागरण’ सचेतना कक्षा सञ्चालन

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १७ फागुन । घरेलु तथा साना उद्योग कार्यालयले प्रत्येक पालिकामा क्लव गठन गरेको छ । प्रति पालिकाका एक सय बढी विद्यार्थीलाई सचेतना कक्षा दिनुको साथै विद्यालय वा सुमदायमा उपभोक्ता क्लव गठन गरेको हो । ति क्लबको माध्यमबाट उपभोक्ता जागरणसम्बन्धी सचेतना बाँड्ने काम शुरू भएको कार्यालयको निमित्त प्रमुख उमबहादुर वलीले जानकारी दिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय दाङले उपभोक्ता क्लव गठनसम्बन्धी बैठक तथा उपभोक्ता जागरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण अभिमुखीकरण कार्यक्रममा कार्यालयका निमित्त प्रमुख वलीले यस्तो जानकारी गराएका हुन् । कार्यालयको आर्थिक वर्ष ०७७÷०७८ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत समुदायस्तरमा उपभोक्ता जागरण क्लव गठन गरी उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन र विद्यालय उपभोक्ता प्रशिक्षणमार्फत उपभोक्ता जागरण कक्षा सञ्चालन बैठक तथा प्रशिक्षण गरिने कार्यालयका निमित्त प्रमुख उमबहादुर वलीले वताए ।
‘यो नयाँ अभ्यास हो’ कार्यक्रममा उनले भने ‘क्लवमार्फत उपभोक्तालाई सचेत पार्न भूमिका खेल्ने छ ।’

जिल्लाका एक हजार विद्यार्थीको लागि ‘उपभोक्ता जागरण’ सचेतना कक्षा सञ्चालन गरिने उनले जानकारी गराए । ‘उपभोक्ता जागरण सचेतना कक्षा सञ्चालन गरेपछि विद्यार्थीले खाद्यवस्तुको गुणस्तरता, प्रयोग र उपभोक्ता जागरणसम्बन्धी कानुनी व्यवस्थाका बारेमा जानकारी लिने छन्’ कार्यक्रमको बारेमा जानकारी गराउँदै उनले भने ‘कक्षामा सिकेका विषयवस्तुहरू उनीहरूले आफ्नो समुदाय र घरपरिवारमा समेत सचेत गर्ने छन् भन्ने विश्वास छ ।’ त्यसको लागि कार्यालयले उपभोक्ता जागरणसम्बन्धी प्रशिक्षक प्रशिक्षणसमेत दिएको छ ।

अभिमुखीकरणमा पालिकाका शिक्षकहरूलाई सहभागी गराएर प्रशिक्षण दिएको थियो । उनका अनुसार विद्यार्थीलाई सचेतना दिनको लागि विद्यालयका शिक्षकलाई प्रशिक्षक प्रशिक्षण ज्ञानसमेत दिएको छ । ‘पहिलो चरणमा स्कुलका शिक्षकलाई उपभोक्ता जागरणसम्बन्धी अभिमुखीकरण गरेका छौ’ प्रमुख वलीले भने ‘अब उहाँहरूले क्लवमा आवद्ध र विद्यालयमा अध्ययनरत केही विद्यार्थीलाई उपभोक्ता जागरण ज्ञान दिनुहुनेछ ।’ प्रतिशिक्षकले पालिकाका दुईवटा विद्यालयमा गरेर चारवटा कक्षा चलाउने उनले बताए । प्रतिकक्षामा २५ जना विद्यार्थी राख्ने व्यवस्था भएको उनले जानकारी गराए ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले उपभोक्तालाई सचेतना जगाउनस पर्ने आवश्यक रहेको बताए । गुणस्तरिय वस्तुको लागि उपभोक्ताहरू आफै नै सचेत हुनुपर्ने बताए । यस्ता कार्यक्रम आवश्यक भएको बताए । ‘उपभोक्ताले जानेर वा नजानेर अखाद्यवस्तु प्रयोग गर्ने गरेका छन् । त्यसले मानव स्वास्थ्यमा असर पु¥याउने गरेको छ’ प्रमुख नेपालीले भने ‘यसबारे उपोक्तालाई सचेत पार्न जरूरी छ ।’ उनले उपभोक्तालाई कानुन कार्यान्वयनको बारेमा समेत सचेत बनाउनुपर्ने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले उपभोक्तामा जागरण ल्याउनुपर्ने बताए । संविधानले नै खाद्य अधिकारको सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताएका थिए । खाद्यलाई कसरी सुरक्षा राख्न सकिन्छ ? भन्ने विषयमा क्वालिटी क्वान्टिटीलाई ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तुलसीपुरका प्रमुख विवेक बन्जाराले खाद्य स्वच्छतासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने अधिवक्ता रविन्द्र धितालले उपभोक्ता जागरणसम्बन्धी कानुनी ब्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम कार्यालयका नि. प्रमुख उमबहादुर वलीको अध्यक्षतामा भएको थियो । कार्यक्रम कार्यालय अधिकृत माधव तिमिल्सिनाले गरेका थिए । त्यस अवसरमा कार्यक्रमको बारेमा कार्यालयका सूचना अधिकारी विक्रम केसीले जानकारी गराएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here