- Advertisement -spot_img
Sunday, June 20, 2021
HomeUncategorizedप्रजिअ आचार्यको बिदाइ

प्रजिअ आचार्यको बिदाइ

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १७ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई बिदाइ गरेको छ । आइतबार संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा प्रमुख जिल्ला आधिकारी जयनारायण आचार्यले दाङमा विकासको धेरै सम्भावना रहेको भन्दै सबै मिलेर अगाडि बढ्न आग्रह गरे ।

उनले जिल्लाको विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे । आफू जिल्लामा रहदा नागरिकसँग जोडिएर अगाडि बढ्ने प्रयास थालेको बताए । काम गर्दा केही कमी कमजोरी हुनसक्ने भन्दै सल्लाह, सुझाव दिनसमेत आग्रह गरे ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य धु्रवराज श्रेष्ठ (भारी), दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले दिएका थिए भने कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here