Friday, March 29, 2024
Homeखेलकुदखेल सप्ताह सुरू

खेल सप्ताह सुरू

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १७ फागुन । तुलसीपुरको ग्रेट अरनिको माध्यमिक विद्यालयमा खेल सप्ताह सुरू भएको छ । तुलसीपुर–६ स्थित विद्यालयले विद्यार्थीहरूको आन्तरिक क्षमता अभिबृद्धिका लागि खेल सप्ताह कार्यक्रमको आयोजना गरेको हो । खेल सप्ताह कार्यक्रम आइतबारदेखि सुरू भएको छ ।

विद्यालयले विगतका वर्षहरू देखि नै सञ्चालन गर्दै आएको खेल सप्ताह कार्यक्रम यस वर्ष पनि सुरू गरेको छ । खेल सप्ताह कार्यक्रममा बिहानी सत्रमा कक्षा ११ र १२ का र दिवा क्षेत्रमा कक्षा नर्सरीदेखि १० कक्षासम्म गरी दुई सिफ्टमा विद्यार्थीहरू खेलमा सहभागी हुनेछन् । विद्यालयमा खेल सप्ताहअन्तर्गत भलिबल, फुटबल, दौड, कबर्दी, लङ्गजम्प, हाइजम्प, क्रिकेट, कुर्सी दौडलगायतका प्रतियोगिताहरू रहेका छन् ।

आइतबारदेखि सुरू भएको खेल सप्ताह फागुन २१ गतेसम्म हुनेछ भने २२ गते विभिन्न विधाका प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत एवं स्वागत गरिने खेल सप्ताह संयोजक तथा विद्यालयका प्रोग्राम डाइरेक्टर नारायण भट्टराईले बताए ।
विद्यालयका प्राधानाध्यापक विष्णुप्रसाद आचार्य र सिइओ विष्णुप्रसाद देवकोटाले संयुक्तरूपमा खेल सप्ताहको उद्घाटन गरेका छन् । कार्यक्रमको सहजीकरण विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक मेघराज पोख्रेलले गरेका हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here