- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयपरिवर्तनको अनुभूति देऊ

परिवर्तनको अनुभूति देऊ

- Advertisement -spot_img

सम्पादकीय
नागरिकले सरकारको अनुभूति गर्नका लागि संघीय व्यवस्था लागू भएको हो । नागरिकलाई आँगनमा सरकारको अनुभूति दिलाउन देशमा तीन तहका सरकार सञ्चालनमा छन् । संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले जनताको समस्यालाई समाधान गर्ने गरेको दाबी गरिरहेका छन् ।

तर नागरिक अहिले पनि सामान्य आधारभूत आवश्यकता प्राप्त गर्न नसकिरहेको विभिन्न अवस्था र समयमा सार्वजनिक भइरहेको छ । व्यवस्था परिवर्तन भएपनि नागरिकको जीवनस्तर अहिले पनि पुरानै अवस्थामा छ ।

नागरिक अहिले पनि स्वच्छ खानेपानी, आधारभूत स्वास्थ्य सेवा, सञ्चार, शिक्षा, रोजगार, यातायात सेवालगायतका सुविधाबाट बञ्चित छन् । गाउँ–गाउँमा सिंहदरबारको नारा बजाएर जनतामा पुगेका नेतृत्वले अहिले पनि नागरिकका सामान्य आधारभूत आवश्यकता पूरा गर्न सकेका छैनन् ।

जनताको नजिकको सरकार स्थानीय सरकारले पनि जनताका समस्यालाई नजिकबाट पहिचान गर्न सकेको छैन् । जनताको जीवन परिवर्तन गराउन हिडेका नेतृत्व आफू परिवर्तन भए तर जनताको जीवन परिवर्तन गराउन सकेका छैनन् ।

नागरिकले अहिले पनि ठूला विकास मागेका छैनन् । सामान्यतया आधारभूत आवश्यकता स्वच्छ खानेपानी, विद्युत, सञ्चार, यातायात लगायतका सुविधा प्राप्त गर्न नसक्दा नेतृत्वप्रति नागरिकको विश्वसनीयता घट्दै गएको छ । संघीय व्यवस्था लागू भईसकेपछि केही भएपनि परिवर्तनको आशा गरेका नागरिकले नेतृत्वबाट आशालाग्दा काम प्राप्त नगर्नु दुःखद् कुरा हो ।

अझ भनौं कतिपय नेतृत्व त अहिले पनि चुनाव जितेपछि एकपटक पनि जनतामा पुग्न नसकेको देखिएको छ । नागरिकलाई अहिले पनि सामान्य बिरामी परेपछि सिटामोल खानकै लागि घण्टौं टाढा जानुपर्ने बाध्यता रहेको छ ।

फोनकै लागि डाँडा–डाँडामा पुग्नुपर्ने बाध्यता धेरै नागरिकलाई छ । नेतृत्वको ध्यान अग्ला पहाडमा भ्यू–टावर निर्माण गर्नेतिर छ । ति भ्यू–टावरबाट समृद्धि कहिले पनि देख्न पाइएन् ? बरू ति भ्यू–टावरबाट देखिने भनेको जनताको झुपडी र समस्यै–समस्या हो ।

सरकारले नागरिकलाई आधारभूत आवश्यकता पु¥याउन गराउन सकेमात्रै अरू विकासका कुरा आउँछन् । नागरिक रोग, भोक र अभावमा छट्पटी रहने तर विकासका नाममा नागरिकको पहुँच बाहिर गरिने विकासको अर्थ छैन् ।

पहुँचका भरमा छानिएका योजनाले नागरिकलाई छुदैन् । जनताको नजिकको सरकार स्थानीय सरकारले जनताका समस्यालाई पहिचान गर्ने, प्राथमिकताका आधारमा योजना छनौट गर्ने र ति योजना प्रदेश तथा संघ सरकारमा लैजान सामाथ्र्य राख्न सकेमात्रै जनताका समस्यालाई समाधान गर्न सकिन्छ ।

स्वागतद्वार, भ्यू–टावरले नागरिकको जीवन परिवर्तन हुने होइन् । ति विकास पनि गर्नुपर्छ तर सर्वप्रथम त नागरिकका आधारभूत आवश्यकतालाई पूरा गर्नुपर्छ तबमात्रै अन्य विकासको परिकल्पना गर्नुपर्छ । व्यवस्था परिवर्तन भएको चार वर्षसम्म पनि नागरिकले परिवर्तनको अनुभूति गर्न नपाउनु भनेको नागरिकका समस्या पहिचान गर्न नसकेको ठहरिन्छ । नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here