- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsसाढे ७ हजार केजी अवैध जडिबुटी बरामद

साढे ७ हजार केजी अवैध जडिबुटी बरामद

- Advertisement -spot_img

इन्द्र बुढाथोकी
सल्यान, १६ फागुन । सल्यानमा साढे ७ हजार केजी अवैध जडिबुटी बरामद भएको छ । कानुनी प्रक्रिया पूरा नगरी निकासी गर्न लागिएको जडिबुटीलाई सल्यानको सल्ली बजारबाट नियन्त्रणमा लिइएको छ ।

जाजरकोटबाट जडिबुटी बोकेर आएका दुई ट्रक मंगलबार नियन्त्रणमा लिई सोधपुछ गर्दा अवैध सामान भेटिएको थियो । निकासी गर्न लागिएको ७ हजार केजी बढी ६ प्रकारका जडिबुटी फेला परेको छ । ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका दुई ट्रक नियन्त्रणमा लिई अनुसन्धान गर्दा छुट पूर्जी नै नभएको जडिबुटी भेटिएको सल्यान प्रहरीले जनाएको छ ।

छुट पूर्जी भएको कालोकाठ, पदमचाल, बोझो जरा, पाषणवेद, लोक्ता र टिमुर गरी ९ हजार ३ केजी रहेको छ भने छुट पूर्जी नै नभए सुगन्धबाला (समायो), विषफेज, अमला, काउलो र चुत्रोको बोक्रा गरी ७ हजार ७ सय ५८.९८ केजी जडिबुटी अवैध तरिकाले पैठारी हुन थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मनोज शर्मा लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार उक्त जडिबुटी व्यापारी अहिले सम्पर्कबिहीन छन । ट्रक चालक तुलाराम थापालाई अनुसन्धानको लागि राखिएको छ भने अर्काे ट्रक चालक गणेश विकसहित जडिबुटी व्यापारी रामप्रसाद चौलागाईं सम्पर्कमा नरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी लम्सालले जानकारी दिए । दुबैजनाको खोजतलास कार्य जारी रहेको समेत जनाएको छ । मुद्दा चलानको लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ ।

व्यापारी रामप्रसाद चौलागाईं ईलाका प्रहरी कार्यलय सल्ली बजारमा मुचुल्का गराउँदै गर्दा सम्पर्कविहीन भएका थिए । छुट पूर्जी बेगरको सबै जडिबुटी जिल्ला वन कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ । सोही विषयलाई लिए केही दिन अघि मात्रै सल्लीमा सरूवा भई आएका ईलाका इन्चार्ज देउबहादुर चन्दलाई समेत अनुसन्धानका लागि जिल्ला तानिएको छ भने ईलाका इन्चार्जको रूपमा कमल आचार्यलाई पठाएको छ ।

सल्लीबजारभन्दा माथिल्लो जाजरकोट र सुर्खेतका विभिन्न चेक प्वाइन्टहरूबाट निर्वाध रूपमा ती ट्रक सल्ली आइपुगेका थिए । चेकजाँचमा कडाई नहुँदा छली गरेर अवैध सरसामान सल्लीबजार नाकाबाट जडिबुटी, काठ र अन्य थुप्रै चिजहरू सधैं पैठारी हुने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here