Thursday, March 28, 2024
Homebreaking-newsस्थापना दिवसमा विभिन्न प्रतियोगिता

स्थापना दिवसमा विभिन्न प्रतियोगिता

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १६ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५१आँै स्थापना दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताहरूको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रम संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता तथा संघका पूर्व अध्यक्ष भरत बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले खेलले मानिसलाई स्वस्थ राख्नका लागि सहयोग पु¥याउने बताए । स्वास्थ्य मानिसले नै गरेका कार्यमा सफलतामा पुग्न सक्ने भएकाले स्वस्थ रहन सक्नुपर्ने उनको भनाइ रहेको छ । खेलले व्यक्तिहरूलाई सम्बन्ध सुमधुर बनाउन सहयोग बन्ने बताए ।

संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए । व्यवसायीहरूलाई एकआपसमा परिचयात्मक तथा मनोरञ्जनका लागि खेलको आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए ।
संघले स्थापना दिवसको अवसरमा व्यवसायीहरूबीच मैत्रीपूर्ण विभिन्न प्रतियोगिताहरू आोजना गरेको छ । फुटबल, भलिबल, हाजिरीजवाफ, कुर्सीदौड, वक्तृत्वकला, घैटाफोड, स्लोबाइक प्रतियोगिता आयोजना गरिएको छ । संघको स्थापना दिवस यही चैत ९ गते मनाउँदैछ ।

शनिबार बिहान भएको फुटबल प्रतियोगितामा पहिलो गेममा फोटोग्राफ समिति बिजयी भएको छ । गल्ला तथा किराना व्यवसायी र फोटोग्राफ समितिबीच भएको खेलमा २ का विरूद्ध ६ गोलले फोटो व्यवसायी समिति विजयी भएको फुटबल प्रतियोगिता उपसमितिका सदस्य माधव खनालले जानकारी दिए ।

दोस्रो खेलमा सुरक्षित तथा दाना व्यावसायी विजयी भएको छ । सुन चाँदी व्यवसायी र सुरक्षित कुखुरा व्यवसायी समितिबीच भएको खेलमा १ का विरूद्ध ५ गोलले सुरक्षित कुखुरा व्यवसायी समिति विजयी भएको फुटबल प्रतियोगिता उपसमितीका संयोजक जगतप्रसाद आचार्यले जानकारी दिए । खेलमा प्राविधिक सहयोग रणसिंह दल गण घोराहीले गरेको प्रतियोगिताका उससमितिका सदस्य विकास वलीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here