- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsदेउखुरी उद्योग वाणिज्यको साधारणसभा

देउखुरी उद्योग वाणिज्यको साधारणसभा

- Advertisement -spot_img

टेकबहादुर पुन
लमही, १६ फागुन । देउखुरी उद्योग वाणिज्य संघ लमहीको १७औँ साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष कृष्णकुमार पन्त ‘राकेश’को प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा कांग्रेस नेतृ गिरिजादेवी न्यौपाने, नेकपा प्रतिनिधि डण्डीराम चौधरी, संस्थाका पूर्वअध्यक्ष लिलाराम खनाल, लमही खानेपानी संस्थाका सचिव सनम पौडेल, देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाराम पौडेल, नेपाल पत्रकार महासंघ दाङ शाखाकी उपाध्यक्ष लिला शाह, लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसीलगायतका वक्ताले देशको समृद्धिका लागि वाणिज्य संघको पनि भूमिका रहने हुँदा आर्थिक क्रान्तितर्फ उन्मुख हुनुपर्ने बताए ।

कार्यक्रममा संघका महासचिव कमलजंग सिंह ठकुरीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष केशव घिमिरेले आर्थिक बर्ष ०७६÷०७७ को ३७ लाख ६२ हजार १ सय ७४ रूपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै एम्बुलेन्सतर्फको ४ लाख ९५ हजार १ सय ४५ रूपैयाँ र महोत्सव सञ्चालनपश्चात् उठ्नुपर्ने २ लाख ३५ हजार ७ सय २६ रूपैयाँको आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए ।

टुडेकर्मी पुन सम्मानित

यसैबीच देउखुरी उद्योग वाणिज्य संघले प्रदेश टुडेकर्मी टेकबहादुर पुनलाई सम्मान गरेको छ । कोभिड–१९ महामारी बीचमा अग्रपंक्तिमा रहेर जनताको सुरक्षाका निम्ती योगदान पु¥याएको भन्दै संघले पुनसहित छजना क्रियाशील पत्रकारहरूलाई सम्मान गरेको हो ।
पुनसहित पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाह, युगबोध दैनिकका दशरथ घिमिरे र राधेश्याम गुप्ता, गोरक्ष दैनिकका शिवराज खनाल र गोरखापत्रका दिवाकर पोख्रेल सम्मानित भएका हुन् ।

संघका सदस्य विनोदकुमार पाण्डेको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमा व्यवसायको माध्यमबाट रोजगार प्रदान गरेको भन्दै सम्राट सिमेन्ट उद्योग, लंघाली मसला उद्योग र कौशल जनरल स्टोरलाई सम्मान गरिएको थियो ।

त्यस्तै भवन निर्माणका क्रममा सहयोग गरेको भन्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू धर्मराज श्रेष्ठ र चन्द्रराज पन्त, चन्द्रबहादुर भट्टराई गरी तीनजनालाई सम्मान गरिएको थियो । संघले कार्यालय सचिव भेषराज भट्टराई, कार्यालय सहयोगी खुमबहादुर रावत, पूर्वकर्मचारी प्रमिला भट्टराई, पहरेदार खुतबहादुर कार्की र आईतराम कुमाल, एम्बुलेन्स चालक अबिक रोका मगरलाई समेत सम्मान गरेको हो ।

साथै संघले आउँदो फागुन १९ गते हुने बन्दसत्र कार्यक्रममा उपस्थित हुन उद्योगी, व्यापारी लगायत सबैमा उपस्थितिका लागि वाणिज्य संघले सबैमा अनुरोध गरेको छ । कार्यक्रमको सहजीकरण संघका महासचिव कमलजंग सिंह ठकुरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here