- Advertisement -spot_img
Saturday, June 19, 2021
Homebreaking-newsदलित पत्रकार संघ दाङको अधिवेशन

दलित पत्रकार संघ दाङको अधिवेशन

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १६ फागुन । राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देवराज विश्वकर्माले दलितहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन शिक्षाको विकास जरूरी रहेको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ दाङको तेस्रो अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई पहिलो प्राथमिकता दिए मात्र समग्र दलित समुदायको उत्थान र विकास हुने बताए ।

सभ्य समाज निर्माणमा दलित पत्रकारहरूको महत्वपूर्ण भूमिका हुने बताए । समानता र सम्मानका विषयमा दलित पत्रकारले निरन्तर कलम चलाउनुपर्ने भनाई थियो । यसका साथै सुकुम्बासी भूमिहीन तथा दलित भूमिहीनहरूको लागि राज्यले लागू गरेको लालपूर्जा वितरण कार्यक्रम दलित बस्तीमा प्रभावकारी लागू भएको अवस्थाका बिषयमा स्थानीय पालिकासँग जानकारी लिन समेत सरोकारवालालाई आग्रह गरे ।

राष्ट्रिय दलित पत्रकार संघ दाङका उपाध्यक्ष लक्ष्मण विश्वकर्माको अध्यक्षता तथा राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । संघका सदस्य वसन्त परियारको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गरेका थिए ।

यस्तै सञ्चारगृहमा आवद्ध दाङका चारजना पत्रकारहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जनक नेपाली, बसन्त परियार, प्रियास्मृती गजमेर र तेजबहादुर परियार रहेका छन् । त्यस्तै दलित आन्दोलनमा अग्रणी भूमिका खेलेको भन्दै दलित समुदायका नेता जोगेन्द्र विश्वकर्मा, मानबहादुर विश्वकर्मा, झूपलाल नेपाली, राजु परियारलाई पनि सम्मान गरिएको छ ।

अधिवेशनले बसन्त परियारको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा गिरिराज नेपाली, उपाध्यक्षमा प्रियास्मृती गजमेर, सचिवमा अर्जुन परियार, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली, सहसचिवमा देवका परियार चयन भएका छन् ।
यस्तै सदस्यमा तेजबहादुर परियार, हेमराज परियार, अस्मिता परियार, डोमा परियार, मदन विक, सुहाना सुनार, सुष्मा नेपाली, प्रकाश परियार, कृष्ण बहादुर विक, तारा विश्वकर्मा, हिमाल विश्वकर्मा रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here