- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsपुस्तकालयलाई अनुसन्धान केन्द्र बनाऔंः मुख्यमन्त्री पोख्रेल

पुस्तकालयलाई अनुसन्धान केन्द्र बनाऔंः मुख्यमन्त्री पोख्रेल

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १६ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पुस्तकालयलाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । सर्वोदय पुस्तकालय तथा बाचनालयको चौथो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले बदलिँदो समयअनुसार पुस्तकालयलाई ज्ञान केन्द्र र अनुसन्धान केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

उनले बौद्धिक विमर्श गर्दै सामाजिक रूपान्तरणको आधारका रूपमा पुस्तकालयलाई सदुपयोग गर्नुपर्ने बताए । नयाँ पुस्तकको समीक्षा गर्ने र बौद्धिक जमातको एकीकृत थलोका रूपमा अघि बढ्नसमेत आग्रह गरे । सूचना र प्रविधिको विकाससँगै पुस्तकालयलाई पनि समयअनुकूल बनाउनेतर्फ ध्यान दिन सुझावसमेत दिए ।

पुस्तकालयको भौतिक विकासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्दै जानेसमेत प्रतिवद्धता जनाए । कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल ओलीले पुस्तकालयमा किताब सजाउने मात्रै नभई ज्ञान बाँड्ने र इतिहासको ज्ञान दिने केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । त्यसैगरी पुस्तकालयका संस्थापक बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले पढ्ने बानीको विकास अनिवार्य हुनुपर्ने बताए । अध्ययनबिनाको विचार र धारणाले सही सोंचको विकास नहुने उनको भनाई छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, महिला अधिकारकर्मी लक्ष्मी आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष देवीबहादुर डिसीलगायतका वक्ताहरूले पठन संस्कृतिको विकास सधैको अनिवार्यता भएकोमा जोड दिए ।

बाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट सुरूभएको कार्यक्रमको सहजीकरण सचिव सुदिप गौतमले गरेका थिए । सो अवसरमा जनता बुक्स स्टेसनरीका सञ्चालक देवीप्रसाद गुप्ताले पुस्तकालयलाई विभिन्न किताबहरू प्रदान गरेका थिए ।

गौतममा अध्यक्ष

यसैबीच बाचनालयको नयाँ समिति गठन गरिएको छ । सुशील गौतमको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा चन्द्रराज पन्त, सचिवमा सुदिप गौतम, सहसचिवमा सुशीला आचार्य, कोषाध्यमा नुमानन्द आचार्यलाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरूमा पदमप्रसाद शर्मा, हरिप्रसाद पाण्डे, सुन्दर गौतम, तुलसी राना, शारदा शर्मा, लक्ष्मी आचार्यलाई जिम्मेवारी दिइएको छ । समितिमा घोराही उपमहानगर र अध्यक्षले एक÷ एकजना सदस्यलाई मनोनयन गर्ने बताइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here