- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयसिंचाई विकास

सिंचाई विकास

- Advertisement -spot_img

सम्पादकीय
अन्न उत्पादनका लागि दाङ उर्वरभूमि हो । कृषिका लागि आवश्यक सबै पूर्वाधार भएमा दाङमा उत्पादित अन्नबालीले प्रदेशको मागलाई समेत पूरा गर्ने अवस्था देखिन्छ । तर कृषि र उत्पादनका लागि आवश्यक पूर्वाधारहरू भने छैनन् । कृषिको उत्पादन बढाउन महत्वपूर्ण मानिने एउटा विषय सिंचाई हो । सिंचाई बिनाको कृषि सम्भव छैन । किसानको बारीमा सदाबहार सिंचाई भयो भने कृषि कर्म पनि बढ्छ भने सिंचाई उपयोगको विशेषता पनि महसुस गराउँछ । तर जिल्लामा भने जस्तो सिंचाई स्रोत छैन ।

भएका पूर्वाधारहरू पनि जीर्ण हुने र प्रयोगमा नआउने अवस्था यथावत भइरहेका बेलामा एक÷दुई वर्ष यता जिल्लामा सिंचाईको विकासले फड्को मार्न थाल्नु सकारात्मक छ । जलस्रोत तथा सिंचाई विकास डिभिजनले सिंचाईको पहुँच बढाउन केही वर्षदेखि उदाहरणीय काम पनि गर्दै आएको छ । सिंचाईका अन्य आयोजनाहरूले बढाएको कामले अहिले जिल्लामा सिंचाईको विकासले फड्को पार्न थाल्नु राम्रो पक्ष हो ।

विकास आफै आउँदैन । विकासलाई गतिशील बनाउनुपर्छ । अहिले जिल्लाको सिंचाईको विकास पनि गतिशील बनेको छ । दाङ उपत्यकालाई सिंचाई उपलब्ध गराउन थालिएका ठूला तथा साना आयोजनाहरूले गति लिन थालेका छन् । विभिन्न समयमा स्थापना भएका सिंचाईको ठूला विकास आयोजना र जिल्लास्तरका सिंचाईका विकासले कार्यालयहरूले स्थानीयस्तरको सिंचाईको विकासका लागि गति लिए पनि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय नागरिक र किसानमा परेको छ ।

योजनाहरूका गतिविधिले स्थानीयहरूलाई सिंचाईको पहुँच बढाएको छ । बृहत् दाङ उपत्यका सिंचाई आयोजना, प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजना जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको रूपमा सञ्चालन भइरहेका छन् । बृहत् सिंचाई आयोजना स्थापना भएको चार वर्ष भएको छ । प्रगन्ना बड्कापथ स्थापना भएको दश वर्ष भएको छ । केही समय सुस्त रहेका यी दुबै आयोजनाहरू अहिले भने केही गति दिइरहेका छन् । जिल्ला कार्यालयको रूपमा रहेको सिंचाई विकास डिभिजन कार्यालय जिल्लामा सिंचाई योजना सञ्चालन गर्ने ठूलो कार्यालय देखिएको छ ।

सिंचाईको लागि मात्रै भन्दा पनि खेतीयोग्य जमिन फिर्ताको विषय पनि महत्वपूर्ण हो । अहिले दाङमा यो काम पनि भएको छ । दुई वर्षको अवधिमा एक हजार ९७ हेक्टर जमिनलाई सिंचाई आयोजाले सुदृढीकरण गरेको देखिन्छ । सिंचाई तथा तटबन्ध आयोजनाका कारण २ सय २० हेक्टर गुमेको जमिनसमेत खेतीयोग्य जमिनमा फर्किएको छ । ६ सय ३ घरधुरीको जग्गा सुरक्षित भएको छ । ठूला तटबन्धका कारण सयौं बस्ती सुरक्षित भएका छन् । सिंचाईको विकाससँगै संरक्षण अभियानले प्रत्यक्ष उपलब्धि त देखाएको छ । यस्ता योजनाको निरन्तर भएमा सबै क्षेत्रमा सिंचाईको पहुँच बढाउन रोकिनु भने हुँदैन । े

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here