Thursday, March 28, 2024
Homebreaking-newsगति लिदै सिंचाई विकास

गति लिदै सिंचाई विकास

- Advertisement -spot_img

गोपाल शर्मा भट्टराई
दाङ, १५ फागुन । दाङ उपत्यकालाई सिंचाई उपलब्ध गराउन थालिएका ठूला तथा साना आयोजनाहरूले गति लिन थालेका छन् । विभिन्न समयमा स्थापना भएका सिंचाईको ठूला विकास आयोजना र जिल्लास्तरका सिंचाईका विकासले कार्यालयहरूले स्थानीयस्तरको सिंचाईको विकासका लागि गति लिन लागेका हुन् ।

गौरवका आयेजनाहरू बृहत् दाङ उपत्यका सिंचाई आयोजना, प्रगन्ना तथा बड्कापथ सिंचाई आयोजना जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको रूपमा सञ्चालन भइरहेका छन् । बृहत् सिंचाई आयोजना स्थापना भएको चार वर्ष भएको छ भने प्रगन्ना बड्कापथ स्थापना भएको दश वर्ष भएको छ । केही समय सुस्त रहेका यी दुबै आयोजनाहरू अहिले भने केही गति दिइरहेका छन् ।

जिल्ला कार्यालयको रूपमा रहेको सिंचाई विकास डिभिजन कार्यालय जिललामा सिंचाई योजना सञ्चालन गर्ने ठूलो कार्यालय हो । दशकौँदेखि जिल्ला कार्यालयको रूपमा सञ्चालन भएको सिंचाई कार्यालयले प्रत्यक्षरूपमा आवश्यकतानुसार र सिंचाईको स्रोत पहिचान र व्यवस्थापन तथा संरक्षणमा लागिरहेको छ । कार्यालयले जिल्लामा दुई वर्षको अवधिमा एक हजार ९७ हेक्टर जमिनलाई सिंचाई आयोजाले सुदृढीकरण गरेको कार्यालय प्रमुख इन्जिनियर गणेश मरासिनीले बताए । २३ हजार घरधुरी पूर्णरूपमा प्रभावित भएका छन् ।

कार्यालयले जिल्लामा दुई वर्षको अवधिमा एक हजार ९७ हेक्टर जमिनलाई सिंचाई आयोजाले सुदृढीकरण गरेको कार्यालय प्रमुख इन्जिनियर गणेश मरासिनीले बताए । २३ हजार घरधुरी पूर्णरूपमा प्रभावित भएका छन् ।


कार्यालयले सञ्चालन गरेको सिंचाई तथा तटबन्ध आयोजनाका कारण २ सय २० हेक्टर गुमेको जमिनसमेत खेतीयोग्य जमिनमा फर्किएको छ । ६ सय ३ घरधुरीको जग्गा सुरक्षित भएको छ । ठूला तटबन्धका कारण सयौँ बस्ती सुरक्षित भएको छन् । कार्यालयले सिंचाईका लागि जिल्लामा साना ठूला योजनाहरू सञ्चालन गर्दै आएको छ ।

जलाशयले बचायो पानीको स्रोत

पानीको स्रोत कम हुँदा उत्पन्न हुने समस्यालाई समाधान गर्न दाङका सिंचाई आयोजनाहरूले जलाशय निर्माणलाई समेत बढाएका छन् । विषयगत कार्यालय र आयोजनाहरूले जलाशयलाई महत्व दिएर निर्माणलाई तिव्रता दिएको कार्यालय प्रमुख गणेश मरासिनीले जानकारी दिए । सिंचाई डिभिजनले सिंचाईको विकल्प नभएको स्थानमा जलाशय निर्माण गरेर सिंचाईको व्यवस्थापन गरेको छ ।

कार्यालयले जिल्लामा झण्डै ४ करोडको लागतमा पाँचवटा सिंचाईका लागि जलाशय निर्माण गरेको छ भने केही स्थानमा लिफ्ट सिंचाई योजना सञ्चालन भएका छन् । जलाशयले सिंचाईको राम्रो प्रबन्ध गर्दा उत्पादन र बेमौसी खेतीमा किसानहरू लागेको घोराही–२ रामपुरका लिला शर्माले बताए । उनले जलाशय निर्माणको कारण सिंचाई मात्रै नभएर कुवाहरूसमेत बाह्रै मासे हुन थालेको बताए ।

बृहत् दाङ सिंचाई आयोजना

राष्ट्रिय गौरवको आयोजना मानिएको दाङ जिल्ला बृहत् सिंचाई आयोजना दाङ उपत्यकालाई सिञ्चित गर्ने उद्देश्यले स्थापना भएको हो । दाङको धेरैजसो भागमा कृषि व्यवसाय हुने भएपनि सिंचाई सुविधाको अभावले गर्दा कृषि कार्य घट्दै गएकोमा खेती हुनसक्ने ५६ हजार हेक्टर भूमिमा सिंचाई सुविधा पु¥याउने गरी योजनागत कामलाई आयोजनाले तिव्रता दिएको छ ।

२०७३ मा यो कार्यालय स्थापना भएर ७४ देखि कार्यसम्पादन सुरू गरेको छ । आयोजनाले सल्यानको शारदा नदी र प्यूठानको माडी डाइभर्सन गरेर सिंचाईको व्यवस्था गर्ने लक्ष्य लिएको छ । यसको अहिले अध्ययन भइरहेको अन्य सानातिना जलाशय निर्माण र पानीको स्रोत संरक्षणको काम भईरहेको आयोजना प्रमुख इन्जिनियर राजु आचार्यले बताए ।

डाइभर्सनबाट आउने पानीलाई सिञ्चित क्षेत्रसम्म पु¥याउन दाङ उपत्यकाको महाभारत फेदमा पूर्व–पश्चिम नहर निर्माण गर्ने र पुराना किसान व्यवस्थित सिंचाई प्रणालीको आधुनिकीकरण गर्ने लागिएको उनले बताए । आयोजनामा यो वर्ष ९ करोड रूपैयाँ आएर जलाशयको काम भइरहेको सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिए । परियोजना पूरा गर्न झण्डै ४० अर्ब रकम लाग्ने अनुमान गरिएको छ ।

प्रगन्ना तथा बड्कापथले बढाउँदै गति

प्रगन्ना तथा बड्कापथ आयोजना पनि राष्ट्रिय गौरवकै आयोजना हो । स्थानपना भएको दशक पूरा हुँदा पनि प्रगति देखाउन नसकेको आयोजनाले चालु आर्थिक वर्षदेखि गतिलिइरहेको छ ।

यो ०६६/०६७ देखि शुरू भएको उक्त आयोजना ०८१/०८२ सालसम्म सम्पन्न हुने राष्ट्रिय गौरवको आयोजना हो । तर हालसम्म प्रगति भने शुन्यजस्तै छ । राप्ती गाउँपालिकाको भालुवाङ पुलबाट पाँचसय मिटर उत्तरबाट निर्माण कार्य शुरू गर्ने र अनुमानित लागत खर्च ३ अर्ब ७४ करोड छ । ११औँ पटकसम्म टेण्डर आह्वान भईरकेको बड्कापथ आयोजनामा हालसम्म ६ किलोमिटर नाला मात्र सम्पन्न भएको छ ।

अहिले कामलाई गतिदिन ७ किलोमिटर निर्माण कार्य सुरू गर्न लागिएको छ । ३० किलोमिटर नहर निर्माण सम्पन्न भए गढवा गाउँपालिकाका ६ वटा वडाको ४ हजार हेक्टरमा सिंचाई हुनेछ । तर १० वर्षदेखि निर्माण कार्य जारिरहेको बड्कापथमा १ अर्ब ११ करोड रूपैयाँ खर्च भईसकेको छ । हालसम्मा सिंचाई भने शुन्य अवस्थामा छ ।

प्रदेशको छुट्टै कार्यालय

प्रगन्ना तथा बड्कापथ आयोजना सञ्चालन भइरहेका बेलामा लुम्बिनी प्रदेश सरकारले त्यसको व्यवस्थापन कार्यालय भन्दै छुट्टै कार्यालय स्थापना गरेको छ । २०७२ सालमा स्थापना भएको प्रदेश सरकारको व्यवस्थापन कार्यालय सिंचाई प्रणालीलाई व्यवस्थापन गरिरहेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख इन्जिनियर ईश्वर पाक्वाले कार्यालयले ५ हजार ८ सय हेक्टर जमिनको सिंचाईका लागि व्यवस्थापनको काम गरिरहेको बताए । १२ महिना नै सिंचाईको व्यवस्थापन गर्ने गरी कार्यालयले काम गरिरहेको र यस वर्ष पनि यसका लागि साढे ८ करोड रूपैयाँ कार्यालयमा आएअनुसार काम भईरहेको प्रमुख पाक्वाले बताए ।

यी सहित जिल्लामा जनताको तटबन्ध कार्यालय, भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले जिल्लाको सिंचाई विकासमा लागि काम गरिरहेको छ । दाङका ६५ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ भने ३८ हजार हेक्टरमा मात्रैमा खेती भइरहेको छ । जिल्लामा सञ्चालन भएका सबै आयोजना र परियोजनाहरूले योजनाअनुसार काम गरेमा जिल्ला पूर्णरूपमा सिञ्चित हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here