- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsनिजी सम्पत्तिमा राज्यको हस्तक्षेपः संघ

निजी सम्पत्तिमा राज्यको हस्तक्षेपः संघ

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १५ फागुन । पारिवारिक निजी वन संघ नेपालले राज्यले आफूहरूको सम्पत्तिमा हस्तक्षेप गरेको बताएको छ । संघले शुक्रबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफैले संरक्षण गरी हुर्काएका रूखहरूलाई अनुकूल प्रयोग गर्न नदिएर व्यक्तिगत सम्पत्तिमा राज्यले हस्तक्षेप गरेको बताएको हो । संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले स्वामित्वमा रहेको जग्गामा लगाइएर हुर्काएका रूखहरू बिक्री वितरण गर्न समस्या गराइनु हस्तक्षेपको नीति भएको बताए ।

नागरिकले आफ्नो निजी जमिनमा लगाएको साल तथा अन्य प्रजातीको रूख स्वतन्त्रपूर्वक कटान तथा बिक्री वितरण गर्न पाउनु पर्ने माग गदै उनले यसमा राज्यले उपभोक्ताको अधिकारमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए । विगतदेखि नै यसविरूद्ध आफूहरूले आन्दोलन गदै आएको बताउँदै अध्यक्ष गिरीले संघीय सरकारले स्थानीय तहलाईवन ऐनको अधिकार दिएर निजी सम्पत्तिमाथिको अधिकारको प्रत्याभूति दिलाउन आग्रह समेत गरे ।

संघका केन्द्रीय अध्यक्ष गिरीले पारिवारिक निजी वनमा साल लगायतका प्रजातीको रूख कटान तथा ओसारपसारमा सरकारले प्रतिबन्ध लगाएको भन्दै यसको तत्काल फुकुवा गर्नुपर्ने मागसमेत गरे । उनले अन्नबालीसरह निजी वनमा हुर्किएका रूखहरूलाई स्वस्फूर्त रूपमा प्रयोग गर्न पाउनुपर्ने बताए । अहिले पनि ३० लाख घरधुरीले पारिवारिक निजी वन सञ्चालन गरेको र त्यसमा १० करोड बढी रूखहरू रहेको बताए । यसको व्यवस्थापनमा वन मन्त्रालय प्रतिगमनको दिशामा गएका र सरकार निकम्वा बनेको आरोप लगाए ।

उनले सामुदायिक वन र निजी वनमाथि राज्यले हेर्ने दृष्टिकोण विभेदपूर्ण भएको भन्दै सबैलाई एउटै किसिमको कानुन हुनुपर्ने बताए । निजी क्षेत्रमा आफूले हुर्काएको, बढाएको र संरक्षण गरेको रूख आफूले चाहेको समयमा कटान गरी बिक्री वितरण गर्न पाउनुपर्ने उनको माग छ ।
वन ऐनमा पारिवारिक निजी वनलाई स्थानीय तहमा दर्ता र ओसारपसार गर्न पाउने अधिकार भएको र निजी वनधनीले नरम काठ, फलफूल, जडिबुटीलगायतका ३६ वटा प्रजातीका रूख कटान तथा बिक्री वितरण गर्दै आएपनि राज्यले प्रतिबन्ध लगाएको साल प्रजातिको रूखको पनि फुकुवा हुनुपर्ने माग गरिएको छ । कार्यक्रमको सहजीकरण संगीत बस्यालले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here