- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsआठ जुवाडे पक्राउ

आठ जुवाडे पक्राउ

- Advertisement -spot_img

दाङ, १५ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले जुवाको खालबाट आठजनालाई नियन्त्रणमा लिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ८ सेवारबाट ६४ हजार तीनसय नगद रूपैयाँ, पाँच थान गड्डी तास र एउटा गलैचासहित उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

हारजित हुने गरी जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ८ का २८ बर्षीय तिलक वली, सोही ठाउँका ३५ बर्षीय शरद रावत, बर्ष ३० का समिर खड्का, बर्ष ३५ का सुरेन्द्र चौधरी रहेका छन् । यस्तै २१ वर्षका यादव राना, बर्ष ४४ का शिवु रावत, बर्ष ४० का रमेश वली र जुवा खेलाउने घरधनी सुरेन्द्र सेनजुवा रहेका छन् । पक्राउ परेकाहरूको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here