- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-news‘मनमुटुको ज्वाला’को बिमोचन

‘मनमुटुको ज्वाला’को बिमोचन

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १५ फागुन । तुलसीपुर कारगारमा कैद जीवन बिताईरहेका डिल्ली जीएमको पुस्तक ‘मनमुटुको ज्वाला’को बिहीबार बिमोचन गरिएको छ । जीवनलाई सही दिशामा लैजान सकारात्मक सोच हुनुपर्ने सन्देशसहितको पुस्तकको बिमोचन पीडित सेवा संघका संस्थापक निर्देशक दिनेश न्यौपाने र पीडित सेवा संघ दाङका संयोजक टोपबहादुर महताराले संयुक्तरुपमा बिमोचन गरेका हुन् ।

पुस्तकको बिमोचन गर्दै पीडित सेवा संघका संस्थापक निर्देशक न्यौपानेले पुस्तक सबैको हातमा पुग्न सके युवाहरुलाई सहि मार्गमा लैजान सकिने बताए । ‘लामो समय लगाएर जेलभित्रै लेखिएको पुस्तक निकै राम्रो छ, सबै युवाहरुले पढ्न जरुरी रहेको छ’ उनले भने– ‘पुस्तकको अध्ययनले युवालाई सकारात्मक सोचमा लैजान्छ ।’

लेखक जीएमले जेल जीवन बिताईरहँदा पनि आफूलाई सकारात्मक दिशातर्फ लैजान पठनयोग्य र शिक्षा दिन सक्ने पुस्तक लेखेको उनले बताए । मनमुटुको ज्वाला पुस्तक पढिसकेपछि युवाहरु कुलत र अपराधिक गतिविधिबाट टाढा हुने उनको विश्वास छ । मानिसहरु सफल हुनलाई सोंचलाई सधैँ सकारात्मक बनाउन आवश्यक रहेको भन्दै उनले यो पुस्तक सबैले पढ्नैपर्ने बताए । हरेक पुस्तकले सकारात्मक शिक्षा दिने भएपनि ‘मनमुटुको ज्वाला’ पुस्तकले युवालाई झनै सकारात्मक बाटोमा लैजाने उनको विश्वास छ ।

त्यस अवसरमा पीडित सेवा संघ दाङका संयोजक टोपबहादुर महताराले पुस्तकका लेखक जीएमको संघर्षमय कथाले अरु युवा सही बाटोमा लाग्ने बताए । अहिले पनि कतिपय युवा अरुको लहलहैमा गलत बाटोमा लाग्ने गरेको उल्लेख गर्दै उनले हरेक युवाले आफूलाई सही मार्गमा लैजान सही शिक्षाको आवश्यकता रहेको बताए ।

जीवनमा हरेक मानिसका कमि कमजोरी हुने भएपनि शिक्षाले सही दिशानिर्देश गर्ने उनको भनाई छ । खराब सोंचले जीवन अँध्यारोतर्फ उन्मुख हुने र सकारात्मक सोंचले मात्रै जीवनलाई उज्यालो गतिमा लैजान सकिन्छ भन्ने सन्देश पुस्तकमा रहेको लेखक जीएमले जानकारी दिए । समाज परिवर्तनका लागि सोचलाई सधैँ सकारात्मक बनाउन आवश्यक रहेको भन्दै उनले आफूले लेखेको पुस्तकले युवालाई धेरै परिवर्तन गर्ने बताए ।

कैदीबन्दीका छोराछोरीलाई शैक्षिक सामग्री

यसैबीच पीडित सेवा संघले तुलसीपुर कारागारका कैदीबन्दीका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पीडित सेवा संघका जिल्ला संयोजक टोपबहादुर महतराले ४८ जना कैदीबन्दीका छोराछोरीलाई कापी, कलम, झोला, स्कूल पोशाकलगायतका करिब दुई लाख ५० हजार बराबरको शैक्षिक सामग्री बितरण गरेका हुन् ।

कैदीबन्दी जीवन बिताइरहेका ब्यक्तिका सन्तानका लागि सो संघले सन् २०१३ देखि सहयोग गर्दै आइरहेकोमा यो बर्षको सहयोग भने अन्तिम चरणको सहयोग रहेको समेत संस्थाका संस्थापक निर्देशक दिनेश न्यौपानेले जानकारी दिए । साथै उनले न्यून आय भएका बालकालिकाको खाने गाँससमेत अप्ठेरोमा परेकोे बताए ।

संघका जिल्ला संयोजक महतराले ती बालबालिकालाई आगामी दिनमा सहयोग गर्नका लागि आफू लागि पर्ने बताए । कार्यक्रममा संस्थापक निर्देशक न्यौपानेले कैदीबन्दीका छोराछोरीलाई सहयोग उपलब्ध गराएकोमा जिल्ला संयोजक महतराले धन्यवादसमेत ब्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here