- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsलागूऔषधविरुद्ध सचेतना

लागूऔषधविरुद्ध सचेतना

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १५ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा लागूऔषध दुव्र्यसनविरुद्धको सचेतनामूलक कार्यक्रम बराहक्षेत्र मावि सेवार बनगाउँमा भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ को सहयोग र सामुदायिक सेवा केन्द्रको आयोजनामा लागूऔषध दुव्र्यसनविरुद्धको सचेतनामूलक कार्यक्रम भएको हो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, युवा क्लव, आमा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई सामुदायिक सेवा केन्द्रका सदस्य एवं लागूऔषधविरुद्धको अभियान्ता बसन्त पुनले लागूऔषधका बारेमा जानकारी गराएका थिए भने यसका लक्षणहरु र प्रहरी सहायक निरिक्षक सौजन्य डाँगीले लागूऔषधविरुद्ध भएका कानुनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष कृष्णा रानाको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि शिक्षक, विद्यार्थी, अभिभावकहरु सचेत हुनुपर्ने बताएका हुन् । हरेक विद्यालय र विद्यार्थीहरुका अभिभावकहरुलाई लागूऔषध–विरुद्धमा सचेत बनाउन आवश्यक रहेको उनीहरुलको भनाई थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आरके शीतलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर चौधरी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सहसचिव केवि घर्तीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here