- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरआयोडिन नुनको महत्व बुझाइदै

आयोडिन नुनको महत्व बुझाइदै

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १५ फागुन । स्वास्थ्यका लागि आयोडिन नुनको महत्व र आवश्यकताका बारेमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ बाँसगजेरीका सुनौलो हजार दिनका आमाहरुलाई जानकारी गराईएको छ ।

घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा, सुआहारा र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दाङ शाखाले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी गर्भवती भएपछिका एक हजार दिने आमाहरुलाई आयोडिन नुन प्रदान गर्दैै यसको महत्वका बारेमा जानकारी गराईएको छ । शरीरलाई आवश्यक पर्ने आयोडिन नुनको अभावले शरीरिक र मानसिक अवस्थामा पार्ने असरका बारेमा जानकारी गराउँदै सुत्केरीहरुलाई पोषकखाद्य सामग्रीहरु समेत प्रदान गरिएको छ ।

वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले आयोडिन नुनको सेवनमा सबैको पहुँच पुगेको तर महत्व नबुझेको बताए । सबै दुई बालबालिकाको चित्र भएको पोकामा रहेको आयोडिनयुक्त नुनको प्रयोग गर्नसमेत सबैलाई उनले आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्ती, साल्ट ट्रेडिङका प्रमुख आनन्दकुमार न्यौपाने, शिवपुर शहरी स्वास्थ्य केन्द्रका प्रमुख तुलाराम रानाले आयोडिन नुनको महत्वका बारेमा जानकारी गराएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here