- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsकुुसुन्डा भाषा बचाउन कक्षा

कुुसुन्डा भाषा बचाउन कक्षा

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १५ फागुन । लोप हुन लागेको कुसुन्डा भाषा बचाउन भाषा आयोगले दाङमा कक्षा सञ्चालन गर्ने भएको छ । सबै कुसुन्डासम्म भाषा पु¥याउने गरी कक्षा सञ्चालन गर्ने भाषा आयोगले जनाएको छ । घोराही उपमहानगर–पालिका–५ धर्नाको महेन्द्र मावि र वडा–१८ को सुपैलाखुटीको कुसुन्डा बस्तीमा फागुन १८ गतेदेखि कुसुन्डा भाषा कक्षा सञ्चालन हुन थालेको छ ।

मावि धर्नामा १२ जनालाई कुसुन्डा भाषाका पुस्तक लेखक उदयबहादुर आलेले र सुपैलाखुटीमा १८ जना कुसुन्डाका बालबालिकालाई भाषाका जानकार कमला कुसुन्डा र उर्मिला कुसुन्डाले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । भाषा आयोग काठमाण्डौंको आयोजना र कुसुन्डा विकास समाज केन्द्रीय समितिको संयोजनमा कार्यक्रम भएको थियो । भाषा आयोगका सचिव लक्ष्मीप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भाषा आयोगका उपसचिव गेहनाथ गौतमले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here