- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsपुरन्धारा झरना विकासका लागि अन्तरक्रिया

पुरन्धारा झरना विकासका लागि अन्तरक्रिया

- Advertisement -spot_img

प्रदेश टुडे
हापुरे, १३ फागुन । बबई गाउँपालिकाको पर्यटकीय क्षेत्र पुरन्धारा झरनाको विकासका लागि सरोकारवालासँग मंगलबार छलफल गरिएको छ । ‘आर्थिक समृद्धिमा बबईको आधार, पर्यटकीय क्षेत्र पुरन्धारा झरनाको पूर्वाधार’ भन्ने नाराका साथ पुरन्धारा झरना पूर्वाधार विकाससम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम भएको हो ।

बबई गाउँपालिकाले आयोजना गरेको छलफलमा पालिकाभित्र रहेका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा बोल्ने सरोकारवालाले पुरन्धारा झरनाको विकास गर्दा पुराना संचरना संरक्षण गरी गर्न सुझाव दिएका छन् ।

विकासका नाममा पुराना संरचनामा असर नपर्ने गरी काम गर्न सहभागीहरूले बताएका हुन् ।छलफलमा बोल्ने स्थानीयले शान्ति सुरक्षा, पिउने पानीको ब्यवस्था, सडक, यातायातलाई समेत सहज बनाउन आग्रह गरिएको छ । पानीको मुहान संरक्षण गर्न सुझाव दिदै झरना वरपर रहेको वन क्षेत्रलाई समेत संरक्षण गर्नुपर्ने बताएका थिए । स्थानीय पूर्णबहादुर केसीले झरनाको विकासका लागि शान्ति सुरक्षा, पानीको मुहान संरक्षण र असहजरूपमा रहेको सडकलाई सहज बनाउने कार्यमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले पुरन्धारा झरनालाई पर्यापर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए । प्राकृतिक श्रोतको संरक्षणको जिम्मा स्थानीयमा रहेको भन्दै त्यसको जिम्मेवारी लिन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सुवेदीले झरनाको विकासका लागि तयार पारिएको गुरूयोजनालाई बबई गाउँपालिकाको कार्यपालिका बैठक मार्फत् पास गरी काम अघि बढाउन आग्रह गरे ।

पुरन्धारा झरनाको विकासका लागि तयार पारिएको गुरूयोजनाको बारेमा जानकारी गराउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लले मुख्य गेट, बसपार्क, पार्क, चिल्ड्रेन पार्क, प्रतिक्षालय, शौचालय, मन्दिर, पसलका लागि सटर, पानीको ब्यबस्थासहित तयार पारिएको बताए ।

झरनाको विकासका लागि तयार पारिएको गुरूयोजनाले ९ करोड ९१ लाख २९ हजार ५४७ रूपैयाँ अनुमानित रकम लाग्ने आँकलन गरिएको छ । पहिलो चरणमा पर्यटन मन्त्रालयमार्फत् चालु आर्थिक वर्षमा ३ करोड ५० लाख प्राप्त भएको छ भने गाउँपालिकाले १ लाख ५० लाख गरी ५ करोड बजेटको ब्यवस्था गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दाङका सदस्य जक्तबहादुर बस्नेत, बबई गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर वली, नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्बिनी प्रदेश सदस्य भिमबहादुर वली, नेपाली कांग्रेसका इकाई सभापति बलबहादुर बुढा क्षेत्री, जनता समाजवादी पार्टीका आइतराम कामीलेलगायतले बोलेका थिए ।

उपाध्यक्ष सावित्रा विश्वकर्माको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख तिलक केसीले गरेका थिए । पुरन्धाराको विकासका लागि चालु आर्थिक बर्षमै सुरू गर्ने तयारीसमेत गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here