- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsबजार व्यवस्थापनबारे छलफल

बजार व्यवस्थापनबारे छलफल

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, १२ फागुन । दाङको घोराहीमा व्यवसायीक सुरक्षा र बजार व्यवस्थापनका बारेमा छलफल गरिएको छ । मंगलबार दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीक सरोकारवाला निकायहरूसँग छलफल गरिएको हो ।

संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको छलफलमा सहभागी व्यवसायीहरूले दर्ताबिना सञ्चालनमा आएका घुम्ते व्यवसायीहरूलाई नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासनले ध्यान दिनुपर्ने बताए । बजारलाई व्यवस्थित बनाउनका लागि सर्वप्रथम पार्किङ र फुटपाथलाई व्यवस्थित गराउनुपर्ने कुरामा जोड दिए । साथै होटेल व्यवसायलाई बेलुका अबेरसम्म सञ्चालन गर्नपाउने व्यवस्था मिलाउन आग्रहसमेत गरे ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले घोराही बजारलाई व्यवस्थित गराउन स्थानीय सरकारले निरन्तर लागिपरेको बताए । बजार व्यवस्थितका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने उनले बताए । स्थानीय सरकारले बनाएको योजनामा व्यवसायीहरूको सहयोग अत्यावश्यक रहेको उनको भनाई छ । घोराही बजारमा पार्किङ गर्नका लागि जग्गाको समस्या रहेको बताउँदै अटोलाई नियन्त्रण सकेमा मात्रै पनि केही हदसम्म समस्या समाधान हुने उनले बताए ।

बजार व्यवस्थापन तथा अन्य विषयमा स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य निरन्तर रहेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्य गर्दै जाने उनले बताए । व्यवसायीहरूले रेष्टुरेष्ट राति १० बजेसम्म र होटलहरू ११ बजेसम्म खोल्न खासै समस्या भन्दै दर्ता विनाका घुम्ते व्यवसायीहरूलाई नियन्त्रण गर्न आफूहरू लागिपर्ने आश्वासन दिए ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यवसायीहरूका लागि स्थानिय प्रशासन बाधक नहुने बताए । ‘व्यवसाय खोल्ने विषयमा समय बाधक हुँदैन ’ प्रमुख जिल्ला अधिकारी आचार्यले भने । ‘रात्रीकालिन व्यवसाय सञ्चालनका लागि पूर्वाधारको विकास निर्माण गर्न आवश्यक छ’ उनले भने– ‘जसले गर्दा व्यवसायीहरू सुरक्षित बनाउन सहयोग पुग्नेछ ।’

जिल्ला प्रहरी कार्यालय दाङका डिएपी मुकुन्द्रप्रसाद रिजालले बजारमा सुरक्षित बनाउनका लागि सुरक्षित बनाउन सिसी क्यामरा जडान गर्नुपर्ने बताए । जसले गर्दा बजारको निगरानी गर्नेमा सहयोग पुग्ने उनको भनाई रहेको छ । होटलहरूका अपराधीक कार्य हुन नदिनका लागि व्यवसायीहरू सचेत हुन आग्रह गरे । ‘सिसी क्यामरा जडान गरेमा सुरक्षित बनाउन महत्वपूर्ण सहयोग हुनेछ’ उनले भने । होटेलमा आउने व्यक्तिहरूको अभिलेखीकरण व्यवस्थित ढंगले राख्नुपर्ने बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जिल्लामा एकैप्रकारको नियम लागू हुनुपर्ने बताए । स्थान अनुसार फरक–फरक नियम हुनुपर्ने बताए । व्यवसायीहरूले आफ्नो व्यवसायमा लगाएको साइनबोर्डको कर नर्तिने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले ढुवानी व्यवसायहरूले सामग्री ढुवानी गर्दा सुरक्षाका मापदण्ड अपनाएर ढुवानी गर्नुपर्ने बताए । संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

परिचयात्मक कार्यक्रम

दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूसँग परिचयात्मक कार्यक्रम गरेको छ । संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको प्रमुख आतिथ्यतामा परिचयात्मक कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरूले विकासको लागि व्यवसायीहरू एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

उनीहरूले भेगीय मुद्दाभन्दा समग्र जिल्लाको विकासमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य रामदयाल गुप्ता, पूर्वअध्यक्ष माधवप्रसाद शर्मा, शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मालगायतले भनाई राखेका थिए । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here