- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsलिफ्ट खानेपानी आयोजनाको शिलान्यास

लिफ्ट खानेपानी आयोजनाको शिलान्यास

- Advertisement -spot_img

सल्यान, १२ फागुन  । सल्यानमा विगत लामो समयदेखि विवादित लिफ्ट खानेपानी आयोजनाको काम अघि बढेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको व्यापारी केन्द्र सल्लीबजारमा लिफ्ट खानेपानी आयोजनाको काम सुरू भएको हो । उक्त आयोजनाको मंगलबार शिलान्यास समेत गरिएको छ ।

वि.सं. २०७५ सालमा आयोजना समिति बनाउँदा तत्कालीन एमाले दुई समूहबीच विवाद हुँदा उक्त योजनाले पुर्णता पाएको थिएन । राजनीतिक विवादका कारण रोकिएको आयोजनाको शिलान्यास मंगलबार कर्णाली प्रदेशका प्रदेश संसद गुलाफजंग शाहले गरेका छन् । खानेपानीको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयहरूले वर्षौदेखि सास्ती खेप्दै आएका छन् भने खानेपानी समस्या समाधानका स्थानीयहरूले भेरी नदीको पानीदेखि आफ्नै व्यक्तिगत लगानीमा कुवा निर्माण गरी पानी खान बाध्य भएका छन् ।

आयोजनाको शिलान्यास गर्दै प्रमुख अतिथिसमेत रहेका शाहले दुई वर्ष अगाडि विनियोजित बजेट राजनीतिक विवाद समाधानपछि अघि बढ्ने भएको बताए । बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनले विकासमा साझेदारी आवश्यक रहेको जनाउँदै लिफ्ट खानेपानी आयोजनामा बजारबासीको अधिकतम् सहयोग रहेको जानकारी दिए । जिल्ला समन्वय समिति सदस्य आशा वली, वडा नं. १ का वडा अध्यक्ष शान्तकुमार यरी, खानेपानी सिंचाई उर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमप्रसाद देवकोटाले विकास निर्माणका काममा राजनीति हाबी हुन नदिन आग्रह गरे ।

लिफ्ट खानेपानी जनश्रमदान सहित ५ करोड ७६ लाख रूपैयाँको लागतमा निर्माण हुने अनुमान गरिएको छ । उक्त लागतले पाँचसय घरधुरीका लागि २ लाख लिटर क्षमता भएको ट्यांकी निर्माण गरिने । लिफ्ट खानेपानी आयोजनामार्फत सल्लीबजार, बस्नेरा जिउला, आँपखोली, खाम्नेचौर बस्तीहरूमा खानेपानीको पहुँच पु¥याउने लक्ष्य रहेको छ । लिफ्ट खानेपानी समितिका अध्यक्ष दिपबहादुर खड्काले खानेपानी आयोजना सफल बनाउन सबैलाई आह्वान गरेका छन् । आयोजना निर्माणका लागि समितिले भूमि निर्माण सेवा रोल्पालाई कामको जिम्मेवारीसमेत दिइसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here