Monday, April 15, 2024
Homeफिचरचितुवाको छालासहित तीन पक्राउ

चितुवाको छालासहित तीन पक्राउ

- Advertisement -spot_img

प्रदेश टुडे
बाँके, ११ फागुन । बाँकेमा चितुवाको छालासहित तीनजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सल्यानबाट बिक्री गर्नका लागि बाँके लगिएका दुईवटा चितुवाका छालासहित तीन व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सल्यान जिल्लाको बाघचौर नगरपालिका वडा नं. ३ का ३१ वर्षीय जितबहादुर डिसी, कुमाख गाउँपालिका वडा नंं ३ मर्म पोडीकाराका हेल्थ असिस्टेन्ट समेत रहेका २४ वर्षीय हिमन्द्र वली र कुमाख गाउँपालिका वडा नं. ७ जिमालीका २१ वर्षीय कमल डिसी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आइतबार राति १० बजेतिर राप्ती सोनारी गाउँपालिका वडा नं.१ कुसुमबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार जितबहादुरले बोकेको झोलामा दुई थान चितुवाको छाला बरामद भएको हो । प्रहरीका अनुसार दुई चितुवा दुई वर्ष पहिले जितबहादुरले पासोमा पारेर मारेका थिए ।

त्यसपछि चितुवाको छाला निकालेर आफ्नो मोबाइलमा फोटो खिचेर राखे । त्यो फोटो थारमारेका अर्जुन भन्ने व्यक्तिले देखे । अर्जुनले जिमाली गाउँका दिपक रावतसँग यसबारे कुरा गरे । दिपकले जितबहादुरलाई लालच देखाए । छाला बेच्ने भए नेपालगंजका व्यापारीलाई बिक्री गराई दिने आश्वासन दिए ।

दिपकले नै तीनजनालाई छाला बोकाएर बाँकेतर्फ पठाए । बाँकेको कुसुम पुगेपछि तीनजना गाडीबाट ओर्लिएर राजमार्गमा हिडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । दिपकले चितुवाको दुई छालालाई ४० देखि ६०लाख मूल्यमा बिक्री गर्ने योजना लिएको भन्ने अनुसन्धानबाट खुलेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

पक्राउ परेका तीनैजना बिरूद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९२० बमोजिम मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । उक्त ऐन अनुसार दोषीलाई एक लाखदेखि २५ लाखसम्म जरिवाना एक वर्षदेखि १० वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here