- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरस्वागत तथा सम्मान कार्यक्रम

स्वागत तथा सम्मान कार्यक्रम

- Advertisement -spot_img

प्रदेश टुडे
घोराही, ११ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले विभिन्न व्यक्तिहरूलाई स्वागत सम्मान गरेको छ । संघले सोमबार एक कार्यक्रमको आयोजना गरी रणसिंह दलगण घोराहीका गणपति उज्ज्वल केसी, संघन सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कार्यालय दाङ भर्खरै सरूवा भएर आएका प्रमुख सच्चितानन्द देव र नेपाल सुन चाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्य धुव्रराज गहतराजलाई स्वागत सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै रणसिंह दलगण घोराहीका गणपति उज्ज्वल केसीले नागरिकलाई फाइदा हुने कार्यमा आफूहरूले कार्य गर्ने बताए । यसका लागि आफूहरू निजी क्षेत्रको छाता संगठनको रूपमा रहेको उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

संघन सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कार्यालय दाङका प्रमुख सच्चितानन्द देवले विकास निर्माण कार्यमा उद्योग वाणिज्य संघसँग पहिलेदेखि नै सहकार्य हँुदै आएको र आउँदा दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताए । यस क्षेत्रको विकासमा उद्योग वाणिज्य संघले लामो समयदेखि नेतृत्व लिएर अगाडि बढेको बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चन्द्रराज पन्तले उद्योग वाणिज्य संघले बिगतदेखि विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेर अगाडि बढिरहेको र यसलाई निरन्तरता दिइने उनको भनाइ रहेको छ । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य सघंका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा सहभागीलाई धन्यवाद ज्ञापन संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here