- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरबेसारखेतीमा किसान आकर्षित

बेसारखेतीमा किसान आकर्षित

- Advertisement -spot_img

प्रदेश टुडे
सल्यान, ११ फागुन । सल्यानका किसानहरू बेसार खेतीमा आकर्षित भएका छन् । बेसारको उत्पादन र आम्दानी राम्रो हुन थालेपछि कालिमाटी गाउँपालिकाको काल्चेका स्थानीयहरू बेसार खेतीमा आकर्षित भएका हुन् ।

उत्पादन गरिएको बेसारको बजारीकरण समेत राम्रो भएको भन्दै स्थानीयहरूले खाद्यान्न बालीको सट्टा बेसार लगाउन सुरू गरेका हुन् । स्थानीयस्तरमै प्रतिकेजी १ सय ५० देखि २ सय रूपैयाँसम्म बिक्री वितरण हुने गरेको छ । करिव ६० घरपरिवारले खाद्यान्न बाली लगाउन छोडेर व्यावसायीक रूपमा बेसार खेती सुरू गरेका छन् ।

करिव २ सय ५० रोपनी क्षेत्रफलको जग्गामा लगाईएको बेसारबाट वार्षिक २ करोड मूल्य बराबरको कारोवार हुने गर्दछ । यसरी उत्पादन गरिएको बेसारमध्ये एक करोड ९ लाख ४६ हजार २ सय ५० रूपैयाँ बराबरको बेसार बीउको रूपमा प्रयोग हुनेगर्दछ भने १ करोड ६० लाख ५४ हजार ५ सय रूपैयाँ बराबरको बेसार खाद्यान्नको रूपमा निर्यात हुने गरेको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ ।

आर्थिक वर्ष ०७७÷०७८ मा २ करोड ७० लाख ७ सय ५० रूपैयाँ बरारबरको बेसार निर्यात भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए । अदुवा बेसार अनुसन्धान केन्द्रका सूचना अधिकारी खेमराज शर्माका अनुसार यस वर्ष नेपालमै पहिलो पटक सिफारिस भएको एकमात्र उन्नत जातको कपुरकोट हलेदो १ र कपुरकोट हलेदो २ जातको हलेदो र लोकल हलेदोको बीउसमेत अन्तर जिल्लामा माग बढेको छ । सल्यानले अदुवाजस्तै बेसारले पनि ख्याति पाउन थालेको उनले बताए ।

आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसार खेती बढिरहेको स्थानीय कृष्ण केसीले बताए । अन्नबाली भन्दा राम्रो कमाइ हुने भएकाले दुई रोपनी जग्गामा बेसार लगाउने गरेको स्थानीय शेरबहादुर ओलीले बताए । अहिले बेसार खेती विस्तार गर्ने योजना बनाएको बताउँदै उत्पादित बेसार भारतका विभिन्न ठाउँमा पठाउन थालेको समेत जानकारी दिए ।

पहिलो वर्ष ८४ रोपनी जग्गामा गरिएको बेसार खेतीबाट २५ हजार ६ सय किलो उत्पादन भएको स्थानीय नरेश विकले बताए । उनका अनुसार २ सय ५० रोपनी जग्गामा लगाएको बेसारबाट ४० हजार किलो उत्पादन भएको छ ।

जिल्लामा उत्पादित उन्नत जातको बीउ मागअनुसारको पु¥याउन नसकेको बताउँदै उनले लोकल बीउको समेत माग बढेको उनीहरूको भनाई छ । स्थानीयका अनुसार काठमाण्डौ, धनकुटा, बर्दिया, कन्चनपुरलगायतका ठाउँबाट अत्याधिक मात्रामा बीउको माग हुने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here