Friday, March 29, 2024
Homeफिचरउद्यमी विकास तालिम

उद्यमी विकास तालिम

- Advertisement -spot_img

प्रदेश टुडे
दंगीशरण, ११ फागुन । दाङको दंगीशरणमा उद्यमी विकास तालिम सुरू भएको छ । गरिवी निवारणका लागि उद्यमशीलता एवं व्यवसायीक सचेतना सुरू गरिएको हो । तालिम सोमबारदेखि दंगीशरण गाउँपालिका वडा नं. ४ को मौलीमा सुरू भएको छ ।

तालिमको उद्घाटन गर्दै दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले महिलाहरूलाई आर्थिक सशक्तिकरणमा जोड्न आवश्यक रहेको बताइन् । उनले घरभित्र मात्र नभई महिलाको आर्थिक पाटोलाई कसरी उठान गर्न सकिन्छ ? भन्ने विषयमा सोंच्न जरूरी रहेको बताइन् । ‘महिलाहरू घरायसी कामसँगै उद्यमशील हुन जरूरी छ’ उनले भनिन्– ‘यसले आफैलाई आत्मनिर्भर बनाउँछ ।’ उनले कुनै पनि पेशालाई व्यवसायीक बनाउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष नेवबहादुर कँवरले सिकाइलाई दिगोपना गराउन आग्रह गरे । सिकेको सिपलाई व्यवसायीक बनाउनका लागि वडाले सहयोग गर्ने उनको भनाई छ । ‘तपाईहरू सिप सिक्नुस्’ उनले भने– ‘सिपलाई प्रभावकारी बनाउनका लागि हामीले विज्ञ बोलाउँछौँ ।’

गाउँपालिकाका लघुउद्यमी संयोजक किरण पोख्रेलले कार्यक्रमको विषयवस्तुका बारेमा जानकारी दिँदै गाउँ तहमा गरिबी निवारणका लागि उद्यमशीलता तालिमको आयोजना गरेको बताए । ब्यवसायलाई प्रवद्र्धन गर्ने, व्यवसायको माध्यमबाट जीविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रमको सहजीकरण उद्यम सहजकर्ता कल्पना विष्टले गरेकी थिइन । तालिममा २५ जना स्थानीय महिला तथा पुरूषको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here