- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरकांग्रेसका नेता खड्कालाई सहयोग

कांग्रेसका नेता खड्कालाई सहयोग

- Advertisement -spot_img

शान्तिनगर, १० फागुन । नेपाली कांग्रेसका नेता कुलबहादुर खड्कालाई आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेस साविक शान्तिनगर गाउँ कमिटीका पूर्व पार्टी सभापति एवं पूर्व शान्तिनगर गाविसका अध्यक्ष कुलबहादुर खड्कालाई दाङका कांग्रेस नेता तथा कार्यकर्ताहरूले ८२ हजारभन्दा बढी सहयोग गरेका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद गेहेन्द्र गिरीको नेतृत्वमा खड्काको निवास शान्तिनगरको जुम्लेकुला पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो । आर्थिक स्थिति कमजोर भएका बिरामी भएका खड्काको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले ८२ हजार ७ सय ५० रूपैयाँ सहयोग गरेका हुन् । समस्यामा परेकाहरूलाई सकेको सहयोग गर्नुपर्छ भन्ने मान्यताले आफूहरूले सक्दो सहयोग गरेको सांसद गेहेन्द्र गिरीले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here