- Advertisement -spot_img
Friday, May 7, 2021
Homeफिचरपर्यटन व्यवसायीका लागि स्वच्छता प्रशिक्षण

पर्यटन व्यवसायीका लागि स्वच्छता प्रशिक्षण

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ११ फागुन । सरसफाई स्वास्थ्यका लागि मात्र नभई पर्यटन प्रवद्र्धनका लागि पनि भएको सरोकारवालाले बताएका छन् । पर्यटन ब्यवसाय सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा विषयक तुलसीपुरको झुमरेमा आयोजना गरिएको कार्यक्रम सरोकारवालले पर्यटन प्रवद्र्धन, स्वास्थ्य सुरक्षाका लागि सरसफाई अनिवार्य भएको बताएका छन् ।

कोरोना भाइरसपछिको प्रभाव र विभिन्न सरूवा रोगहरूका कारण पर्यटन व्यवसाय फस्टाउन नसकेको भन्दै सरोकारवालाले सरसफाईमा जोड दिनुपर्ने बताएका छन् । कार्यक्रम तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा तथा टिआरटिएफ नेपालको आयोजनामा भएको थियो ।
कार्यक्रममा प्रशिक्षकमा डिआर भण्डारी,

तुलसीपुर उपमहानगर–पालिकाका पर्यटन शाखा प्रमुख यशोदा वली, अधिकृत शिशिर घिमिरे, सुवोध आचार्य र यमलाल पराजुली रहेका छन् । दाङका विभिन्न क्षेत्रहरूलाई लक्षित गरीएको कार्यक्रम तुलसीपुर–८ बटोलपुर, तुलसीपुर–३ हर्नेटी र झुमरेमा सम्पन्न भएको हो । तुलसीपुरका दश स्थानमा सो कार्यक्रम सञ्चालन गरी करिब २ सय ४५ जनालाई प्रशिक्षित गर्ने लक्ष्य रहेको समेत शाखा प्रमुख वलीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here