- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरशैक्षिक संस्थामा राजनीति बन्द गरौं

शैक्षिक संस्थामा राजनीति बन्द गरौं

- Advertisement -spot_img

प्रदेश टुडे
दंगीशरण, ११ फागुन । विद्यालयमा राजनीति गतिविधि बन्द गर्नुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । विगतदेखि नै शैक्षिक संस्थाहरूलाई राजनीति गर्ने केन्द्रका रूपमा प्रयोग गर्ने गरिएको बताउँदै उनीहरूले विद्यालयमा हुने राजनीतिक गतिविधिहरू बन्द गरिनुपर्ने बताए ।

दंगीशरण गाउँपालिका वडा न. ३ स्थित वीरेन्द्र मावि हेकुलीको ५५औँ साधारणसभाका अवसरमा सहभागीहरूले बालबालिकाहरूलाई शिक्षाबाट बञ्चित गराउने कामहरू बन्द गर्न आग्रह गरे । विभिन्न पार्टी एवं राजनीतिक दलका गोष्ठी तथा कार्यक्रमहरू विद्यालय परिसरमा आएर नगर्न, नगराउन अनुरोध गरे ।

कार्यक्रममा दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले विद्यालयमा राजनीतिभन्दा शिक्षालाई बढी केन्द्रितमा राखेर काम गर्नुपर्ने बताइन् । विद्यालय घरपछिको शिक्षा आर्जन गर्ने थलो भएको भन्दै उनले विद्यालयमा राजनीतिक पाटोलाई नल्याउन आग्रह गरिन् । नमूना विद्यालयको रूपमा स्थापना भईसकेका कुनैपनि विद्यालयलाई आर्थिक गाउँपालिकाले आर्थिक रूपमा सहयोग गर्नपछि नहट्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा पूर्वशिक्षक भूपबहादुर राणा, शिक्षा शाखाकी उमा केसी, विद्यालय ब्यवस्थापन समिति सदस्य राजेन्द्र घर्ती मगर, खड्क चौधरी, पार्वती वली, बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधारका लागि सबैले ध्यान दिन जरूरी रहेको बताए । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक खिमराज खनालले विद्यालयको ब्यवस्थापन पक्षलाई मजवुत बनाउनका लागि विभिन्न योजनाहरू सम्पन्न भईसकेको र अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गरिसकेको जानकारी दिए ।

आर्थिक वर्ष ०७६/०७७ को एकीकृत आयव्यय विवरण प्रस्तुत गर्दै उनले विद्यार्थीहरूको शैक्षिक सुधारका लागि प्रविधिमूलक शिक्षण सिकाइ सञ्चालनमा ल्याईसकेको बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक दिपेन्द्र डाँगीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक दिनेश रेग्मीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here