- Advertisement -spot_img
Friday, May 7, 2021
Homeखेलकुदपुरूष भलिबल प्रतियोगिता हुने

पुरूष भलिबल प्रतियोगिता हुने

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ११ फागुन । दाङमा खुल्ला पुरूष भलिबल प्रतियोगिता हुनेभएको छ । दाङ तुलसीपुरस्थित अरनिको मैदामा फागुन १५ गतेदेखि १८ गतेसम्म भलिबल प्रतियोगिता हुन लागेको हो ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा चार दिनसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघका केन्द्रिय महासचिव विनोद चन्दले जानकारी दिए । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने उद्देश्यका भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा विजेता टोलीले नगद एकलाख रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले नगद ५० हजार रूपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा तेस्रो हुनेले नगद २५ हजार रूपैयाँसहित मेडल, प्रमाणपत्र र चौथो हुनेले नगद रू १५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी सर्वाेत्कृष्ट खेलाडीले नगद ४ हजार रूपैयाँ, उत्कृष्ट स्पाईकर, सेटर, डिफेन्डर र क्वीकरले नगद तीन/तीन हजार रूपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिता हुनेहरूका लागि दर्ता शुल्क ५ रूपैयाँ हजार रहेको महासचिव चन्दले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न १० लाख रूपैयाँ लागत अनुमान गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here