- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsबहुविवाहका आठ मुद्दा फैसला

बहुविवाहका आठ मुद्दा फैसला

- Advertisement -spot_img

तुलसीपुर, १० फागुन ।
उच्च अदालत तुलसीपुरमा ६ महिनाको अवधिमा १२ वटा बहुविवाहको मुद्दा दर्ता भएको छ । गत साउनदेखि हालसम्म उच्च अदालत तुलसीपुरमा १२ वटा बहुविवाहका मुद्दा दर्ता भएकोमा आठवटा मुद्दा फैसला भएको छ ।

जिल्ला अदालतबाट फैसला हुन नसकेका मुद्दाहरू उच्च अदालत तुलसीपुरमा दर्ता भएको अदालतका नायब सुब्बा योगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार तुलसीपुर उच्च अदालतमा अहिले दाङ देउखुरी जिल्ला अदालतसहित रोल्पा जिल्ला अदालत, प्यूठान जिल्ला अदालत र रूकुम पूर्व जिल्ला अदालतका मुद्दाहरू आउने गरेका छन् ।

जिल्ला अदालतमा फैसला भएका मुद्दामा चित्त नबुझेमा विवाहित जोडीहरू उच्च अदालतसम्म आउने गरेका छन् । कानुनअनुसार बहुविवाह गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना र १ बर्षदेखि दुई बर्षसम्म कैद सजाय हुने नायब सुब्बा खड्काले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here