- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयप्रभावमा जनप्रतिनिधि

प्रभावमा जनप्रतिनिधि

- Advertisement -spot_img

सम्पादकीय
हरेक वर्षमा आउने विवाद हो । नदीजन्य वस्तुको उत्खनन्, व्यवस्थापन र परिचालनको मुद्दा । यस वर्ष उत्खनन् औपचारिकरूपमा रोकिएको भए पनि अनौपचारिक रूपमा भने यथावत नै देखिएको छ । यति मात्रे हैन उत्खनन्को अधिकारका बीचमा समेत पटक–पटक विवाद हुने गरेको छ ।
जिल्ला समन्वय समिति र स्थानीय सरकारको यहि विषयमा टकराप पनि भइरहेको छ । जिल्लाले अनुगमन गर्ने र नियमन गर्न खोज्ने तर स्थानीय सरकारका जनप्रतिनिधिहरूले बलमिचाई र तस्करसँगको साँठगाठ गर्ने प्रवृतिले यो विषयले पटक–पटक चर्चा पाइरहन्छ ।
यो वर्ष पनि यो चर्चा धेरै नै भएको छ । जिल्ला समन्वय समितिले अनुगमनको समयमा ठेकेदारको प्रभावमा जनप्रतिनिधिहरू रहेको प्रतिवेदन नै सार्वजनिक गरेको देखिन्छ । नदीजन्य वस्तुको दोहन नरोकिनुले समन्वय समितिको जनप्रतिनिधिप्रतिको आरोप सत्य होकी भन्ने संकेतसमेत गरेको छ ।
नदी दोहनमा प्रायः गिरोह नै सक्रिय हुन्छ । स्थानीय सरकारसँग सम्बन्ध भएको गिरोह दोहनमा सक्रिय हुँदा खोलाहरूमा अनाधिकृत र मापदण्डा विपरीत उत्खनन्हरू भइरहेका छन् । सबैलाई प्रभावमा राखेर उत्खनन् गर्ने गिरोहलाई कानुनी कारवाही गर्ने आँटसमेत स्थानीय सरकारले गर्न सकेको देखिदैन ।
कारवाही नहुँदा र उत्खनन् नरोकिदा दाङमा नदीजन्य पदार्थको दोहन गर्ने गिरोह छ । जसले सबैलाई प्रभावमा पारिरहेको छन् । होइन भने दोहन किन रोकिएको छैन् ? जस्ता जनस्तरमा प्रश्न उठ्नु स्वभाविक छ ।
दाङका धेरैजसो खोलाको छेउमा थुपारिएर राखिएको नदीजन्य वस्तु अवैध भन्दै जिल्ला अनुगमन तथा समन्वय समितिले केही दिन पहिले विज्ञप्ति पनि सार्वजनिक गरेको थियो ।
तर निर्वाधरूपमा खोलाका नदीजन्य पदार्थ उत्खनन् भइरहदा पनि त्यसतर्फ ध्यान नजानुले समितिले नै जनप्रतिनिधिको संलग्नता वा उत्खनन्कर्ताको प्रभाव परेको भन्दै आएको छ ।
अनाधिकृत खोला उत्खनन् रोक्न ‘प्रहरी, प्रशासन, जनप्रतिनीधि सबै लाग्नु जरूरी छ । जनप्रतिनिधि नै ठेकेदारको भूमिका लाग्नु हुँदैन ।
सबै काममा नीति, विधि र कार्ययोजना हुन्छ । जिल्लामा नदी तथा खोला उत्खनन् र व्यवस्थापनमा पनि नीति विधि अबलम्वन गरिन्छ । नीति र विधिको भन्दा प्रभाव र प्रलोभनमा कुनै काम भयो भने त्यो न त प्रभावकारी हुन्छ । न त सर्वस्वीकार्य नै हुन्छ ।
अहिले उत्खनन्को अवस्थामा जनप्रतिनिधिमै प्रभाव बढी देखिएको सार्वजनिक हुनु राम्रो हैन । यस्तो हो भने जनप्रतिनिधिहरू सुध्रिनु पर्ने अवस्था देखाएको छ । जनप्रतिनिधिले जनताको हित हुने काम गर्नुपर्छ । तस्करको प्रभावका काम हुनु कसैको लागि हित हुँदैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here