- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsभेरी पुल अलपत्र

भेरी पुल अलपत्र

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम, २१ असार । रूकुम पश्चिमको चौरजहारी र जाजरकोट कुदु जोड्ने भेरी नदीको पुल निर्माण अलपत्र भएको छ । निमार्ण सुरू भएको सात वर्षसम्ममा पनि काम पूरा भएको छैन । काम थालिएको सात बर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । सात बर्षसम्म पुलको काम २० प्रतिशत पनि नभएको स्थानीयले बताएका छन् ।
मध्यपहाडी लोकमार्गलाई नेपाल सरकारले राष्ट्रिय गौरबको आयोजनाको रूपमा लिएता पनि मध्यपहाडी लोकमार्ग अन्तर्गतको पुल निर्माणको काम भने सात बर्षदेखि अलपत्र रहेको छ र स्थानीय खिमबहादुर रानाका अनुसार ठेकेदार कम्पनीले केही वर्षसम्म १ र २ पटक आएर काम गरेजस्तो गरेता पनि सात वर्षसम्म काम सम्पन्न नगरेको बताए ।
चौरजहारी र कुदुका स्थानीयले अब पुनः निर्माण नहोला जस्तो नै सोचिसकेको र स्थानीय रानाले भने । उनले निर्माण व्यवसायीको लापरवाहीका कारण पुल निर्माण अलपत्र भएको स्थानीयहरूले बताएका छन् । पुल निर्माणको ठेक्का वाईपी कन्ट्रक्सनले लिएको छ ।
ठेकेदार ढिलासुस्ती र लापरबाही कारण पुल निर्माणमा अलपत्र हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गत यात्रा गर्ने मानिसलाई साहै्र अप्ठ्यारो परेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नदी यताको रूकुम पश्चिम खण्ड र जाजरकोट खण्डसडक स्थारबृद्धी काम सकिएता पनि त्यस लोकमार्गबाट सिधा यातायात सञ्चालन हुन नसकेको जाजरकोट कुदुका स्थानीय राम बहादुर गिरीले बताए ।
लोकमार्गको काम सडकको काम सकिएता पनि मोटर पुल निर्माण नहुँदा सडक उपयोगबिहीन बनेको छ । ९८ मिटर लामो पुल निर्माणका लागि १५ करोड रूपैयाँ लागत लाग्ने गरी सम्झौता छ । वाईपी कन्ट्रक्सनका इन्जिनियर तुलाराम शर्माले भने गलत डिजाईन र इष्टिमेटका कारण दाबीसमेत गरेका छन् ।
निर्माण कार्य गर्न हाम्रा ठेकेदारले अहिलेसम्म कुनै पनि कामको ताकेता नगरेको बताए । तीन वर्षभित्र निर्माण गरिसक्ने मोटरेवल पुल ठेकेदारका कारणले अहिलेसम्म पटक–पटकमा कामको म्याद थप गर्दै आएको पाइएको छ ।
कुदु साईटको निर्माण गर्दा नदीमा पानीको मात्रा धेरै भएको तर काम गर्ने औजारका अभावका कारण काम रोकिएको इन्जिनियर शर्माले बताए ।
उनले आउँदो असार मसान्तभित्र काम सक्ने तयारी गरिएको बताए । चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले भने आफूले यो पुलको निर्माण कार्य समयमै सिध्याउन धेरै पटक पहल गरेपनि सुनुवाई नभएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here